Skip to content
Prabhu

अमेरिकी डलरको मूल्य स्थिर, पाउण्ड बढ्यो,युरोको घट्दा कुन देशको विनिमयदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनियमदर सर्वाजनिक गरेको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य स्थिर रहेको छ भने बलायती पाउण्डको मूल्य घट्दा युरोको मूल्य भने आज बढेको छ ।

राष्ट्र बैंकले आजका लागि सर्वाजनिक गरेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिदर १३४ रुपैयाँ ०७ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६७ पैसा कायम भएको छ । अघिल्लो दिन पनि सोही दरमा डलरको सटही भएको थियो । राष्ट्र बैंकका अनुसार आज बेलायती पाउण्डको विनियमदर घटेको छ । आज पाउण्ड एकको खरिदर १७५ रुपैयाँ ५२ पैसा र बिक्रीदर १७६ रुपैयाँ ३० पैसा रहेको छ । अघिल्लो दिन पाउण्ड एकको खरिददर १७५ रुपैयाँ ५८ पैसा र बिक्रीदर १७६ रुपैयाँ ३७ पैसा रहेको थियो ।

त्यस्तै आज युरोको विनिमयदर भने बढेको छ । आज एक युरोको खरिददर १४८ रुपैयाँ १८ पैसा र बिक्रीदर १४८ रुपैयाँ ८४ पैसा पुगेको छ । अघिल्लो दिन युरो एकको खरिददर १४७ रुपैयाँ ९५ पैसा र बिक्रीदर १४८ रुपैयाँ ६२ पैसा रहेको थियो । त्यस्तै राष्ट्र बैंकले बिहीबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनियमदर अनुसार अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ३९ पैसा र बिक्रीदर ८९ रुपैयाँ ७९ पैसा पुगेको छ ।

बिहिबार क्यानडियन डलर एकको खरिददर ९८ रुपैयाँ ७३ पैसा र बिक्रीदर ९९ रुपैयाँ १७ पैसा कायम भएको छ । आज सिंगापुर डलर एकको खरिददर १०२ रुपैयाँ ९७ पैसा र बिक्रीदर १०३ रुपैयाँ ४३ पैसा कायम भएको छ । त्यस्तै आज जापानी ऐन १० खरिददर ९ रुपैयाँ ४६ पैसा र बिक्रीदर ९ रुपैयाँ ५० पैसा, चाइनिज युआन एकको खरिदर १८ रुपैयाँ ८५ पैसा र बिक्रीदर १८ रुपैयाँ ९४ पैसा र साउदी अरब रियाल एकको खरिददर ३५ रुपैयाँ ७३ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८९ पैसा कायम भएको छ ।

त्यस्तै कतारी रियाल एकको खरिदर ३६ रुपैयाँ ७७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९४ पैसा, युएई दिर्हाम एकको खरिदर ३६ रुपैयाँ ५० पैसा र बिक्रीदर ३६ रुपैयाँ ६७ पैसा र मलेसियन रिङगेट एकको खरिददर ३० रुपैयाँ ९६ पैसा र बिक्रीदर ३१ रुपैयाँ १० पैसा कायम भएको छ ।

त्यस्तै कोरियन वन १०० को खरिददर १० रुपैयाँ ०१ पैसा र बिक्रीदर १० रुपैयाँ ०६ पैसा कायम भएको छ । आज हंकङ डलर एकको खरिददर १७ रुपैयाँ १९ पैसा र बिक्रीदर १७ रुपैयाँ २७ पैसा कायम भएको छ । त्यस्तै कुवेती दिनार एकको खरिददर ४३८ रुपैयाँ ९५ पैसा र बिक्रीदर ४४० रुपैयाँ ९२ पैसा र बहराइन दिनार एकको खरिददर ३५५ रुपैयाँ ७२ पैसा र बिक्रीदर ३५७ रुपैयाँ ३१ पैसा पुगेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal