Skip to content
Prabhu

कीर्तिमानबाट तल झर्यो सुनको मूल्य, कतिमा हुँदै छ किनबेच ?

काठमाडौं । बिहीबार नेपाली बाजारमा सुनको मूल्य सामान्य घटेको छ । अघिल्लो दिन तोलामा १ हजार रुपैयाँले बढेर अहिलेसम्मकै उच्च विन्दुमा पुगेको सुनको मूल्य आज तोलामा १०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ५३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुनको मूल्य तोलामा १ लाख ५३ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । जुन नेपाली बजारमा अहिलेसम्मकै उच्च मूल्य हो ।

महासंघका अनुसार आज चाँदीको मूल्य १५ रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य तोलामा १ हजार ७९५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ७८० रुपैयाँमा कारोबार भएको थियो ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal