Skip to content
Prabhu

कामना सेवा विकास बैंकको ३५ हजार ५ कित्ता सेयर बिक्रीमा

काठमाडौं । कामना सेवा विकास बैंकले संस्थापक सेयर लिलाम बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूहको ३५ हजार ५ सय ३४ कित्ता सेयर बिक्रीमा राखेको हो ।

सो सेयरको न्यूनतम प्रतिकित्ता मूल्य कम्पनीले १ सय ५ रुपैयाँ तोकिएको छ । खरिदकर्ताले प्रतिस्पर्धात्मक मूल्य कबोल गरी बोलपत्र पेस गर्नुपर्ने छ । सेयर किन्न बोलकबोल गर्दा सबै कित्ता सेयरका लागि आवेदन दिनुपर्ने एक सूचनामार्फत जानकारी दिएको छ ।

सेयर खरिदका लागि संस्थापक सेयरधनी वा अन्य जोकोही व्यक्ति आवश्यक कागजात संकलन गरी सूचना प्रकाशन भएको आज (भदौ २७) देखि असोज २ गते कार्यालय सयभित्र बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड कमलादी, काठमाडौंमा आवेदन पेश गनुपर्नेछ।

साथै, सेयर खरीदका लागि परेको बोलपत्र असोज ४ गते बिहान ११ बजे बिक्री प्रबन्धकको कार्यालयमा खोलिने बैंकले एक सूनामार्फत जानकारी दिएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal