Skip to content
Prabhu

हिमालयन बैंकको ४ लाख २८ हजार कित्ता सेयर बिक्रीमा

काठमाडौं । हिमालयन बैंकले ५ जना संस्थापक सेयरधनीहरुको नाममा रहेको कुल ४ लाख २८ हजार ५ सय ४० कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

संस्थापक सेयरधनी देवराज तामाङको नाममा रहेको ४५ हजार ५ सय १२ कित्ता, हर्कबहादुर तामाङको नाममा रहेको १ लाख ३२ हजार २ सय ७९ कित्ता, स्नेहलता टाकुरको १३ हजार ९ सय २२ कित्ता, प्रकाश तायलको १ लाख ३७ हजार २ सय २८ कित्ता, गिरेन्द्र मान सिंह श्रेष्ठको नामा रहेको ९९ हजार ५ सय ९९ कित्ता सेयर बिक्रीमा ल्याएका हुन् ।

सो सेयर खरिद गर्ने इच्छुक संस्थापक सेयधनीहरुले सूचना प्रकाशन भएको ३५ दिनभित्र आवश्यक कागजात संकलन गरी बैंकको केन्द्रीय कार्यालय कमलादी काठमाडौं स्थित कानून विभागमा आवेदन पेस गर्न सक्नेछन् ।

साथै, तोकिएको समयमा संस्थथापक सेयरधनीहरुबाट आवेदन नपरेको खण्डमा बैंकले कानून बमोजिम अन्य व्यक्ति वा संस्थालाई बिक्री प्रक्रिया अगाडी बढाउने एक सूचनामार्फत जानकारी दिएको छ ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal