Skip to content
Prabhu

नेपाल ल्युब आयलले २५ प्रतिशत लाभांश दिने

काठमाडौं । नेपाल ल्युब आयलको बुधबार बसेको कम्पनी सञ्चालक समिति बैठकलेले २५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

कम्पनी सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट २० प्रतिशत बोनस सेयर र करसहित ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

कम्पनीले कम्पनीले असोज १८ गते वार्षिक साधारणसभा बोलाएको छ । सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् । सभा याक प्लालेस, पुल्चोक, ललितपुरमा बिहान साढे ११ बजेदेखि सुरु हुनेछ ।

सभामा प्रिमियममा एफपीओ जारी गर्ने प्रस्ताव पेश गर्ने लागेका छन् । गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणमा छलफल हुनेछ । आर्थिक वर्ष २०८१–८२ को लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव रहेको छ ।

सभा प्रयोजनाका लागि कम्पनीले असोज ४ गते बुक क्लोज गर्ने भएको छ । असोज २ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन पाउनेछन् ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal