Skip to content
Prabhu

भन्सारका कर्मचारीले आचरण सुधार्नुपर्ने अवस्था आएको छः सचिव घिमिरे

काठमाडौं । नेपाल सरकारका राजस्व सचिव दिनेश घिमिरेले भन्सार विभागमा आयोजित भन्सार व्यवस्थापन गोष्ठीमा बोल्दै भन्सार प्रशासनमा काम गर्ने कर्मचारीले आफ्नो व्यवहार र आचरण सुधार गर्नुपर्ने अवस्था आएको बताएका छन् ।

उक्त कार्यक्रममा बोल्दै राजस्व सचिव घिमिरेले भने, ‘भन्सार प्रशासनमा काम गर्ने कर्मचारीले विचार गर्नुपर्ने अवस्था छ । आफ्नो व्यवहार र आचरण सुधार गर्नुपर्ने अवस्था छ ।’

राजस्व सचिव घिमिरेले सरकारलाई भरोसा गर्न कर्मचारी तथा निजी क्षेत्रलाई अग्रह गर्दै भने ‘कर्मचारी साथिहरुलाई निजि क्षेत्रका साथीहरूलाई म भन्न चाहान्छु सरकारलाई भरोसा गरिदिन अनुरोध गर्दछु ।

अर्थतन्त्रमा सन्तुलनमा ल्याउन सबैले हातेमालो गर्नुपर्ने बताउँदै राजस्व सचिव घिमिरेले भने, ‘अर्थतन्त्रमा सन्तुलन ल्याउन सबैले हातेमालो गर्नुपर्ने अवस्था छ । व्यपार सहजीकरण गर्न हामीले भन्सार विभागको विकास गरेका हौँ, भन्सार विन्दुमै हामिले राम्ररी काम गर्नुपर्ने अवस्था छ ।’

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal