Skip to content
Prabhu

१ वर्षभित्रमा ऊर्जा र जलस्रोतका सबै ठूला आयोजना अघि बढाइनेः मन्त्री खड्का

धनकुटा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले रुग्ण बन्दै गएका ऊर्जा र जलस्रोतका ठूला आयोजना अघि बढाई देशका सबै क्षेत्रमा विद्युत् पुर्‍याउने बताए ।

धनकुटामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले विद्युत् उपभोगको पहिलो अधिकार जनतामा रहेकाले यसलाई पूरा गरेरै छाड्ने बताए। बुधबार मन्त्री खड्काले धनकुटास्थित जिल्ला प्रशासन कार्यालयको सभा हलमा धनकुटा जिल्लाका सरकारी कार्यालयका प्रमुखहरूसँग अन्तरक्रिया गरेका थिए।

कार्यक्रममा जल तथा ऊर्जा आयोग सचिवालयका सचिव सुरेश आचार्य, ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल, मन्त्रीको वरिष्ठ ऊर्जा विज्ञ प्रबल अधिकारी, विद्युत् विकास विभाग महानिर्देशक नवीनराज सिंह, जल तथा मौसमविज्ञान विभागका महानिर्देशक जगदीश्वर कर्माचार्य,  जलस्रोत तथा सिँचाइ विभाग महानिर्देशक सञ्जीव बराल, जलस्रोत अनुसन्धान तथा विकास केन्द्र कार्यकारी निर्देशक दिनेश रजौरिया, जिल्लास्थित सरकारी कार्यालयका प्रमुखलगायतको उपस्थिति थियो ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal