Skip to content
Prabhu

३ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट

nabil

काठमाडौं । आजको सेयर कारोबार जारी रहँदा तीन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । साताको कारोबार हुने अन्तिम दिनको कारोबार जारी रहँदा विन नेपाल लघुवित्त वित्तीय संस्था, इस्टन हाइड्रोपावर र रावा इनर्जी डेभलपमेन्ट कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।

आज विन नेपाल लघुवित्तको सेयर मूल्य आज २४० रुपैयाँ ३० पैसाले बढेर २ हजार ४६३ रुपैयाँ ८० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा १० प्रतिशतले बढी हो । त्यस्तै इस्र्टन हाइड्रोको सेयर मूल्यमा पनि १० प्रतिशत अर्थात् ६७ रुपैयाँ ९० पैसाले बढेर ७४६ रुपैयाँ ९० पैसा पुगेको छ । रावा इनर्जिको सेयर मूल्य सेयर मूल्य पनि यो समाचार तयारपार्दासम्म ६० रुपैयाँ बढेर ६६० रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको कारोबार भन्दा १० प्रतिशतले धेरै हो ।

यो समाचार तयारपार्दा सम्म समग्र सेयर बजार परिसूचक १३ दशमलव ६९ अंकले बढेको छ । यो अवधिमा सेयर बजारमा ४ अर्ब २४ करोड बढीको कारोबार भएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal