Skip to content
Prabhu

इसेवामा १ महिनाको बिल तिर्दा २ महिनाको बिल फ्रि

काठमाडौं । डिजिटल भुक्तानी सेवामा अग्रणी इसेवाले आफ्ना ग्राहकहरूको लागि नयाँ र आकर्षक अफर ल्याएको छ । ग्राहकहरूले आजै सेवालाई प्रयोग गरेर बिजुली र खानेपानीको बिल तिर्ने सुविधा पाउनेछन् यस सँगै २० भाग्यशाली प्रयोगकर्ताले बिजुलीको बिलमा ३ हजार ५०० रुपैयाँ र अन्य २० भाग्यशाली प्रयोगकर्ताले १ हजार रुपैयाँसम्मको बिल निःशुल्क पाउने अवसर प्राप्त गर्नेछन् ।

यो विशेष अफरले १ महिनाको बिल तिर्दा २ महिनाको बिल निःशुल्क पाउने अवसर उपलब्ध गराएको हो । ग्राहकहरूको सुविधा र आर्थिक लाभलाई ध्यानमा राख्दै प्रस्तुत गरिएको इसेवाले जनाएको छ ।

यो अफर २०८१ असोज १४ सम्म मात्र उपलब्ध हुनेछ । सेवालाई प्रयोग गरी बिल तिर्ने ग्राहकहरूले मात्र यस अफरको फाइदा उठाउन सक्नेछन् ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal