काठमाडौं । बिहीबार सेयर बजार दोहोरो अंकले बढेर बन्द भयो । कारोबार रकम पनि अघिल्लो दिनको भन्दा केही बढेको बजारमा आज २२९ कम्पनीको सेयर मूल्य बढेको हो ।
सेयर बजारमा उच्च अंकको वृद्धि हुँदा आज ७ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये आज विन नेपाल लघुवित्त, ग्रिन भेन्चर लिमिटेड, उपकार लघुवित्त, इर्स्टन हाइड्रोपावर लिमिटेड, रावा इनर्जी डेभलपमेन्ट, एसियन हाइड्रोपावर र सिङगटी हाइड्रोको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
आजको कारोबार बन्द हुँदा विन नेपाल, ग्रिन भेन्टर, उपकार लघुवित्त, इर्स्टन हाइड्रो र राबा इनर्जीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै आज एसियन हाइड्रोको सेयर मूल्य ९.९९ प्रतिशत र सिङगटी हाइड्रोको सेयर मूल्य ९.९६ प्रतिशतले वृद्धि भएको छ ।
प्रतिक्रिया दिनुहोस्