काठमाडौं । नेपाल प्रहरीअन्तर्गतको भर्ना छनौट शाखाले जनपद प्रहरी समूहतर्फ रिक्त रहेका पदहरूमा खुला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्ति गर्ने भएको छ ।
आज एक सूचना जारी गर्दै शाखाले प्रहरी निरीक्षकमा ६४ जना र प्रहरी सहायक निरीक्षक पदमा २ सय ५६ जना नियुक्ति गर्नुपर्ने भएकाले दरखास्त आह्वान गरेको जनाएको छ ।
योग्यता पुगेका नेपाली नागरिकले नेपाल प्रहरीको वेबसाइटमा गई अनलाइनमार्फत नै दरखास्त दिन सक्ने सूचनामा उल्लेख छ । दरखास्त दिने म्याद यही भदौ ३० गतेदेखि असोज ३० गतेसम्म रहेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्