Skip to content
Prabhu

सुन मूल्य हालसम्मकै महँगो, तोलामा ३ हजारले बढ्यो, कतिमा हुँदै छ किनबेच ?

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम भएको छ । आज अघिल्लो दिनको तुलनामा तोलामा ३ हजार रुपैयाँले बढेर सुनको मूल्य अहिलेसम्मकै उच्च भएको हो ।

आज नेपाली बजारमा छापावाल सुनको मूल्य तोलामा १ लाख ५६ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुनको मूल्य तोलामा १ लाख ५३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । यसअघि बुधबार पनि सुनको मूल्यले नयाँ रेकर्ड बनाएको थियो । बुधबार सुनको मूल्य तोलामा १ लाख ५३ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा ६५ रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा १ हजार ८ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदीको मूल्य तोलामा १ हजार ७ सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal