Skip to content
Prabhu

जोखिम बढिरहेको मधेसमा बीमाको आकर्षण कम

nabil

काठमाडौं । मधेस प्रदेश प्राकृतिक प्रकोपको हिसावले जोखिमपूर्ण क्षेत्र हो । यहाँ बाढी र आगजनीको उच्च जोखिम छ । तर, यहाँका जनातामा भने बीमाको खासै आकर्षण देखिदैन् । तथ्यांकअनुसार पनि बीमा गराउनेको संख्या मधेसमा थोरै नै रहेको छ ।

यो क्षेत्रमा बीमा नगर्दा मनसुनजन्य र आगजनीका घटना भए पनि त्यसको बीमा गराएर त्यसको क्षतिबाट बच्न र लाभ लिनबाट वञ्चित भइरहेका छन् । मधेसको कुल जनसंख्या ६१ लाख १४ हजार ६०० छ । त्यहाँ जीवन बीमा गर्नेको संख्या भने कुल जनसंख्याको ८.९५ प्रतिशत मात्रै रहेको छ ।

नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले मधेस प्रदेशमा बर्सेनि बाढी र आगजनीका घटना हुने गरे पनि बीमा गर्नेतर्फ सर्वसाधारणको रुचि नभएको बताए । ‘मधेस प्रदेशमा गरिबीको रेखामुनि धेरै सर्वसाधारण छन् । यस्तो अवस्थामा प्रदेश सरकारले बीमा गरिदिने संस्कारको विकास हुन जरुरी छ’, उनले भने ।

प्राधिकरणका अनुसार आर्थिक वर्ष २०८०/८१ सम्म मधेस प्रदेशमा निर्जीवन बीमाको जारी बीमालेख संख्या ३ लाख २६ हजार दुई सय ६७ रहेको छ । बीमा शुल्क संकलनमा मधेस प्रदेशको प्रतिशत भने ६.४१ प्रतिशत छ ।

आव २०८०/८१ सम्म मधेस प्रदेशमा सक्रिय बीमालेखको संख्या ५ लाख १५ हजार २७३ छ । गत आवसम्ममा यो प्रदेशमा कृषि बीमा गर्ने पनि कम छन् । प्रदेशमा बालीको जारी बीमालेख संख्या ३४० छ । त्यस्तै पशुपक्षीको जारी बीमालेख संख्या ११ हजार ५११ छ ।

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal