Skip to content
Prabhu

साउन महिनामा १० हजार बीमितले गरे साढे एक अर्ब बढीको बीमा पोलिसी सरेण्डर

काठमाडौं । साउन महिनामा जीवन बीमा कम्पनीका बीमितहरुले साढे १ अर्बभन्दा बढीको बीमा पोलिसि सरेण्डर गरेका छन् । बीमा प्राधिकरणको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो महिना साउनमा १ अर्ब ५४ करोड ११ लाख रुपैयाँको बीमा पोलिसी सरेण्डर गरेका हुन् ।

प्राधिकरणको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो महिनामा १० हजार २९२ बीमितले पोलिसी सरेण्डर गरेका छन् । प्राधिकरणको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो महिनामा सबैभन्दा धेरै बीमा पोलिसी सरेण्डर एलआईसी नेपालका बिमितिले गरेका छन् । यो कम्पनीका २ हजार ७१५ वटा बीमा पोलिसी सरेण्डर भएका छन् । जसबाट ५१ करोड ३४ लाख ३७ हजार रुपैयाँको पोलिसी सरेण्डर भउको छ । रकमका हिसावमा एलआईसी अग्र स्थानमा रहँदा पोलिसी संख्याको आधारमा नेपाल लाइफ इन्स्योरेन्स अग्रास्थानमा रहेको छ । रकमका हिसावले पनि यो कम्पनी दोस्रो नम्बरमा रहेको छ ।

प्राधिकरणले उपलब्ध गराएको तथ्यांक अनुसार चालु आर्थिक वर्षको पहिलो महिनामा नेपाल लाइफ इन्स्योरेन्सका बीमितले ४८ करोड ४१ लाख ३१ हजार रुपैयाँ बराबरको पोलिसी सरेण्डर भएको छ । एक महिनामा यो कम्पनीका बीमितिले २ हजार ७३१ वटा पोलिसी सरेण्डर गरेका छन् ।

प्राधिकरणको तथ्यांकअनुसार साउन महिनामा एसियन लाइफ इन्स्योरेन्सका बिमितले पनि १३ करोड ५५ लाख ५३ हजार रुपैयाँ बराबरको पोलिसी सरेण्डर गरेका छन् । यो कम्पनीका बीमितहरुले साउन महिनामा ९७९ वटा पोलिसी सरेण्डर गरेका छन् । त्यस्तै सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनीका बीमितिले साउन महिनामा ७ करोड ८७ लाख ८९ हजार रुपैयाँ बराबरको ८४७ वटा बीमा पोलिसी सरेण्डर गरेका छन् ।

त्यस्तै, यो अवधिमा नेशनल लाइफका बिमतिले ६ करोड ३८ लाख ८ हजार रुपैयाँको बराबरको ३५४ वटा पोलिसी सरेण्डर गरेका छन् । साउन महिनामा सूर्यज्योति लाइफका बिमितिले ५५२ वटा पोलिसी सरेडरबाट ५ करोड ८५ लाख ६८ हजार रुपैयाँ बराबरको पोलिसी सरेण्डर गरेका छन् । त्यस्तै मेट लाइफका बीमितले साउन महिनामा ४ करोड ४९ लाख ३५ हजार रुपैयाँको ४१९ वटा पोलिसी सरेण्डर गरेका छन् ।

साउन महिनामा सानिमा रिलायन्सका बीमितले २ करोड ६६ लाख ३९ हजार रुपैयाँको १७८ वटा, आईएमई लाइफमा २ करोड ८८ हजार रुपैयाँको २०१, सिटिजन्स लाइफमा १ करोड ५९ लाख ४९ हजार रुपैयाँको १९०, रिलायवल नेपाल लाइफ इन्स्योरेन्सका बिमितिले १ करोड २१ लाख ५५ हजार रुपैयाँ बराबरको २०४, प्रभु महालक्ष्मीका बिमितले १ करोड पाँच लाख ८९ हजार रुपैयाँको ८६ वटा पोलिसी र सन नेपालका बिमितले ५७ लाख ८ हजार रुपैयाँ बराबरका ६९ वटा पोलिसि सरेण्डर गरेका छन् ।

१४ वटा बीमा कम्पनीहरुले साउन महिनामा संकलन गरेको जम्मा बीमा शुल्कको ८.३१ प्रतिशत रुपैयाँ सरेण्डर भएको छ । १४ वटा जीवन बीमा कम्पनीहरुले साउन महिनामा १८ अर्ब ५३ करोड ७९ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका थिए ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal