Skip to content
Prabhu

बीमा कम्पनीले नविनतम प्रविधिमा लगानी र कार्यक्षेत्र विस्तारमा ध्यान दिनुपर्छः अध्यक्ष सिलवाल

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले बीमा कम्पनीले नविनतम प्रविधिमा लगानी गर्नुपर्ने बताएका छन् । मधेस प्रदेशको वीरगन्जमा आयोजना गरिएको बीमा कम्पनीका प्रदेश तथा शाखा कार्यालयहरुसँगको बीमा सम्बनी छलफलमा अध्यक्ष सिलवालले यस्तो बताएका हुन् ।

‘बीमा कम्पनीहरूले नविनतम् प्रविधिमा लगानी बढाउने र कार्यक्षेत्र विस्तार गर्नेतर्फ ध्यान दिनुपर्ने आवश्यक छ,’ उनले भने, ‘बीमा कम्पनीहरूले इमान्दार भएर काम गर्नुप¥यो, स्थानीय बीमा सर्भेयरलाई काम दिनुप¥यो, घटना जहाँ हुन्छ त्यहाँ नै कारवाही हुने र त्यसमा जोखिमांकन गर्ने व्यक्ति र कार्यालय प्रमुख जिम्मेवार हुने भएकाले इमान्दारीपूर्वक काम गर्नुप¥यो ।’

कार्यक्रममा सहभागीहरूले जुन प्रदेशमा उद्योग व्यवसाय छन् तिनको त्यही प्रदेशका बीमा कम्पनीबाट नै बीमा गराउनुपर्ने व्यवस्था हुनुपर्ने, केन्द्रमा मात्र नभई प्रदेशमा पनि तालिम आयोजना गर्नुपर्ने, प्रदेश तथा शाखा कार्यालयमा पर्याप्त कर्मचारीको व्यवस्था गर्नुपर्ने लगायतका धारणा राखेका थिए । कार्यक्रममा प्राधिकरणका निर्देशक तथा प्रवक्ता सुशीलदेव सुवेदीले कार्यक्रममा उठेका प्रश्नहरूको जवाफ दिएका थिए ।

यसैगरी, सहभागीहरुले लघुबीमा कम्पनीले गर्ने बीमा पनि ठूला बीमा कम्पनीहरूले गर्ने गरेको, सम्पत्ति बीमामा अस्वस्थ प्रतिस्पर्धा भइरहेको र सर्वसाधारणलाई बीमाका बारेमा बुझाउन नसकिएको विचार व्यक्त गरेको थियो ।

कार्यक्रममा मधेश प्रदेशस्थित बीमा कम्पनीका प्रदेश तथा शाखा कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal