Skip to content
Prabhu

साँग्रिला अर्फनेज होमको २६ औँ वार्षिक साधारणसभा

काठमाडौं । साँग्रिला अर्फनेज होमको २६ औँ साधारणसभाको उद्घाटन गरिएको छ । गोदावरी नगरपालिका वडा नम्बार १० मा रहेको संस्थाको २६ औँ वार्षिक साधारण सभा गोदावरी नगरपालिकाका उपमेयर मुना अधिकारीले गरेकी हुन् ।

सो अवसरमा उप मेयर अधिकारीले साँग्रिला अर्फनेजले निकै राम्रो काम गरेको बताइन् । ‘धेरै संस्थाहरुमा प्रश्न उठेको अवस्थामा यो संस्थाले निकै राम्रो काम गर्न सफल भएको छ,’ उलने भनिन् । आफू नगरपालिकाको अनुगमन गर्ने जिम्मेवारीमा पनि हुँदा धेरै संस्थाहरुले आफ्नो लक्ष्य अनुसार काम गर्न नसकेको उनले बताइन् ।

केही संस्थाहरुले काम नगरेकाले कारवाही गर्नु पर्ने अवस्था देखिएको उनको भनाइ थियो । संस्थाले बालबालिका क्षेत्रमा पूण्यको काम गरेको उपमेयर अधिकारीले बताइन् । कार्यक्रममा संस्थाका उपाध्यक्ष डा. उमेश बोगटीले सबैको सहयोगमा काम नर्ग सफल भएको बताए । २ दशको समय पार गर्दा सबैको सहयोगले छोटो समय लागेको उनलले बताए । सबैको सहयोगले गर्दा बालबालिकाको क्षेत्रमा अझै पनि काम गर्नका लागि उत्साह थपिएको उनको भनाइ छ ।

यो संस्था २०५५ सालमा स्थापना भएको संस्था हो । यसले सहाराविहिन तथा असहाय बालबालिकालार्य सहारा दिदै आएको छ । असहाय तथा सहाराविहिन बालबालिकाहरुको जीवनस्तर सुधार ल्याउन औपचारिक शिक्षा एंव व्यवसायीक तालिम, स्वास्थ्य, लैंगिक समानताका विषयमा काम गर्दै आएको एउटा गैर सहकारी संस्था हो ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal