Skip to content
Prabhu

कुपण्डोलमा बीच सडक फुटेर पानी निस्कियो

काठमाडौं । ललितपुरको कुपण्डोलमा शनिबार दिउँसो सडक फुटेर पानी बगेको छ । कुपण्डोलबाट पुल्चोतर्फ जाँदा होटल हिमालय अगाडिको सडक फुटेर पानी निस्केको छ ।

सडकबाट पानी निस्कदा गाडी तथा मोटरसाइकल चालक र सडक छेउका व्यापारीहरु समस्यामा परेका छन् । उक्त पानी ढल फुटेर हो वा मेलम्ची आयोजनाको पाइप फुटेर सडकमा निस्केको अनुमान छ । पानी निस्किएका कारण सडक नै भासिएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal