Skip to content
Prabhu

साँग्रिला अर्फनेज होमको २६ औँ वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । साँग्रिला अर्फनेज होमको २६ औँ साधारणसभा सम्पन्न भएको । गोदावरी नगरपालिका वडा नम्बार १० मा कार्यलय रहेको संस्थाको २६ औँ वार्षिक साधारण सभा शनिबार गोदावरी भिलेज रिसोर्टमा सम्पन्न भएको हो ।

साधारणसभा तथा सार्वजनिक लेखापरीक्षण कार्यक्रमको गोदावरी नगरपालिकाका उपमेयर मुना अधिकारीले उद्घाटन गरेकी थिइन् । सो अवसरमा उप मेयर अधिकारीले साँग्रिला अर्फनेजले निकै राम्रो काम गरेको बताइन् । ‘धेरै संस्थाहरुमा प्रश्न उठेको अवस्थामा यो संस्थाले निकै राम्रो काम गर्न सफल भएको छ,’ उलने भनिन् । आफू नगरपालिकाको अनुगमन गर्ने जिम्मेवारीमा पनि हुँदा धेरै संस्थाहरुले आफ्नो लक्ष्य अनुसार काम गर्न नसकेको उनले बताइन् ।

केही संस्थाहरुले संस्थाको मर्मअनुसार काम नगरेकाले कारवाही गर्नु पर्ने अवस्था देखिएको उनको भनाइ थियो । संस्थाले बालबालिका क्षेत्रमा गरेको काम पूण्यको काम भएको उपमेयर अधिकारीले बताइन् । कार्यक्रममा गोदावरी नगरपालिकाका वडा नम्बर ११ का अध्यक्ष निल बहादुर देशारले साँग्रिला विद्यालयले राम्रो शिक्षा दिएको भन्दै अझै राम्रो गर्नका लागि आग्रह गरे । केही समस्याहरु आइरहेको अवस्थामा त्यसलाई सल्लाह गरेर समाधान गर्नु पर्ने उनको भनाइ थियो । ‘अहिले पनि राम्रो नै छ । तर अझै सुधार गरेर यो भन्दा पनि राम्रो बनाउनु पर्ने देखिन्छ,’ उनले भने ।

पुरुष प्रदान समाजमा २६ वर्षसम्म महिलाले नेतृत्व गरेर उदाहरण स्थापित गनरेको होमका निर्वतमान अध्यक्ष तथा सल्लाकार निता शाहीको भनाइ छ । ‘मैले २५ वर्ष सम्म यो संस्थाको नेतृत्व गरे अहिले पनि यमुना मरासिनिले नेतृत्व गरिरहेको अवस्था छ । यो महिलाका लागि निकै गर्वको विषय हो’ उलने भनिन् । संस्थाको भवन निर्माण भए पनि अहिले पनि गेट बन्न नसकेको भन्दै यसका लागि सबैको सहयोग आवश्यक रहेको उनको भनाइ थियो । ‘छिमेकिलाई सहयोग गर्न सकिएन भने टाढाटाढाको व्यक्तिहरुलाई कसरी सहयोग गर्न सकिन्छ,’ उनले भनिन्, ‘अहिले २६ औँ साधारण सभामा आग्रह गरेकी छु २७ औँ धन्यवाद दिन पाइयोस ।’

आफ्नो वास्तविकतालाई विर्सन नहुने उनको भनाइ थियो । ठूलो सपना देख्नु पर्छ तर सानो वास्थविकलाई नजरअन्दा गर्न नहुने उनको सुझा थियो । कार्यक्रममा संस्थाका उपाध्यक्ष डा. उमेश बोगटीले सबैको सहयोगमा काम नर्ग सफल भएको बताए । २ दशको समय पार गर्दा सबैको सहयोगले छोटो समय लागेको उनलले बताए । सबैको सहयोगले गर्दा बालबालिकाको क्षेत्रमा अझै पनि काम गर्नका लागि उत्साह थपिएको उनको भनाइ छ ।

यो संस्था २०५५ सालमा स्थापना भएको संस्था हो । यसले सहाराविहिन तथा असहाय बालबालिकालार्य सहारा दिदै आएको छ । असहाय तथा सहाराविहिन बालबालिकाहरुको जीवनस्तर सुधार ल्याउन औपचारिक शिक्षा एंव व्यवसायीक तालिम, स्वास्थ्य, लैंगिक समानताका विषयमा काम गर्दै आएको एउटा गैर सहकारी संस्था हो ।

साँग्रिला अर्फनेज होम परियोजनामा ३५ जना बालबालिकाहरु रहेकोमा अहिले ३२ जना रहेका छन् । जसमध्ये बालक १६ र बालिका १५ जना रहेका छन् । जसमध्ये केही समय अघि मात्रै ४ जना बालबालिकाहरु आफ्न्तकोमा गएका छन् । जसले गर्दा अहिले होममा ३१ जना बालबालिका हरेका छन् । होममा अहिले ५ प्रदेशका ११ जिल्लाका बालबालिका रहेको संस्थाका सचिव दधिवल थापाले जानकारी दिए । यो परियोजना ललितपुर, बाजुरा, मकवानपुर, नुवाकोट, डोटी, जुम्ला,दाङ, सिन्धुली, सर्लाही, दोलखा, कालिकोटबाट आएका बालबालिकाहरु रहेका छन् ।

संस्थामा रहेका बालबालिकामध्ये बाबु आमा दुवै नभएका १९ जना, आमा मात्रै भएका १४ र दृष्टि बिन भएका १ जना बालक रहेका छन् । बाबुआमा पत्ता नलागेको एक जना रहेका छन् । संस्थाले साँग्रिला छात्रवृत्ति परियोजना अन्तर्गत १९२ जना विद्यार्थीलाई साँग्रिलला स्कूलमा पदै आएका छन् । जसमध्ये १०२ जना तात्र र ९० जना छात्र रहेका छन् । यो कार्यक्रममा समावेश भएका विद्यार्थीहरु २०६६ देखि एसईईमा सहभागिता जनाउन थालेका हुन । २०८० सालमा १० जना विद्यार्थी एसईई उत्तिण हुन सफल भएका छन् । जसमध्ये ४ जना छात्र र ६ जना छात्रा रहेका छन् ।

कार्यक्रममा साँग्रिला अर्फनेज होमका कार्यक्रम म्यानेजर सन्तोष कुमार मगरले विगत २५ वर्ष देखि असाहाय बालबालिकाका क्षेत्रमा निरन्तर काम गरिहृको जानकारी दिए । भौतिक संरचनामा पनि काम भएको उनको भनाइ छ । संस्थाले बालबालिकाको शिक्षा, स्वास्थ्य लगायत क्षेत्रमा सहयोग गरिरहेको उनको भनाइ थियो । साँग्रिला विद्यालयसँग सहकार्यमा काम गरिएको उनको भनाइ छ । त्यस्तै कार्यक्रममा साँग्रिला इन्टरनेशनल स्कुलका प्राधानाध्यापक दिपक मर्हजनले विद्यालय स्थापनको २२ वर्षमा ५४६ विद्यार्थीले एसईई दिएको जानकारी दिए । सन् २००८ देखि विद्यालयबाट विद्यार्थीले एसईई दिन सुरु गरेको उनले बताए । यो विद्यालयमा सुरुमा कक्षा पाँच सम्म २५० जना विद्यार्थीबाट कक्षा सञ्चालन गरिएको थियो ।

अहिलेसम्म विद्यालयबाट १७ औँ ब्याजसम्म गरि ५४६ विद्यार्थी मध्ये डिस्टिक्सनमा १५१ जना विद्यार्थी उत्तिर्ण भएको उनले जानकारी दिए । त्यस्तै पहिलो श्रेणिमा उत्तिर्ण हुने विद्यार्थीको संख्या ३२६ जना र ६५ जना विद्यार्थी दोस्रो श्रेणिमा उत्तिर्ण हुन सफल भएको प्रअ मर्हजनले जानकारी दिए । अहिलेसम्मको अवस्थामा विद्यालयबाट जम्मा ४ जना विद्यार्थी अनुत्तिर्ण भएको र त्यसमध्ये ३ जना विद्यार्थीले यो पटकको मौका परीक्षा दिएको उनको भनाइ छ ।

सुरुमा दर्ता गर्नका लागि समेत निकै दुःख पाएको भए पनि अलिहे विद्यार्थीहरु विभिन्न क्षेत्रमा पुगरे काम गरेको देख्दा गर्व लागेको उनको भनाइ थियो । ग्रामिण क्षेत्रका विद्यार्थीहरुलाई पनि विद्यायले राम्रो शिक्षाको अवसर दिएको उनको दाबी थियो । त्यस्तै साँग्रिला डेभलपमेन्ट ऐसोसिएसनका अध्यक्ष प्रकृति भण्डारीले बालिबालिकाका क्षेत्रमा साँग्रिला होमले गरेको काम निकै महत्वपूर्ण रहेको बताइन् । होमले दिएको नैतिक र व्यवहारीक शिक्षाले गर्दा समाजमा विद्यार्थीहरुले टेवा पुर्‍याइ रहेको उनको भनाइ थियो । साथै उनले साँग्रिला अर्फनेज होमसँग सहकार्य गर्नका लागि आफू तयार रहेको पनि बताइन् ।

त्यस्तै साँग्रिला अर्फनेज होमका अध्यक्ष यमुना मरासिनीले सबैको सहयोगले यो अवस्थासम्म आइपुगेको भन्दै अझै पनि सहयोगको अपेक्षा रहेको बताइन् । कुनै पनि संस्था चल्नका लागि सहयोगको आवश्यकता पर्ने र त्यसका लागि अहिलेसम्म सबैले सहयोग गरेको भन्दै उनले सबैलाई धन्यवाद समेत व्यक्त गरिन् ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal