Skip to content

नेप्से प्रिओपन सेसनमा करिब १० अंकले बढ्यो

nabil bank

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार प्रिओपन सेसनमा नेप्से परिसूचक करिब १० अंक बढेको छ।

अघिल्लो कारोबार दिन अर्थात् गत बिहीबार ७८.३१ अंक बढेर २६८८.५३ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ९.९८ अंक बढेर २६९८.५१ विन्दुमा पुगेको छ। त्यस्तै, सो सेसनमा सेन्सेटिभ इण्डेक्स १.७० अंक बढेको छ।

आइतबार प्रिओपन सेसनमा ७२ स्टकको १६५ पटकको कारोबारमा १ करोड ५३ लाख ८१ हजार ७३ रुपैयाँ ४० पैसाबराबरको २६ हजार ८२० कित्ता सेयर खरिद बिक्री भएको छ। जसमध्ये ५१ स्टकको मूल्य बढेको छ भने १३ स्टकको मूल्य घटेको छ। बाँकी ८ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।

 

 

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi