Skip to content
Prabhu

क्लासिक टेकले ल्यायो रिफर अफर’

काठमाडौं । नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले रिफर अफरअन्तर्गत ‘तिमीलाई पनि मलाइ पनि’ अफर सार्वजनिक गरेको छ।

कम्पनीले क्लासिक टेक मोबाइल एपबाट रिफर गर्दा रिफर गर्ने र रिफर मार्फत इन्टरनेट + आइपी टिभी जडान गर्ने दुवै जनाको हात खाली नहुने अर्थात् दुवैको एकाउन्टमा बोनस थपिने गरी उक्त अफर सार्वजनिक गरेको हो।

अर्घाखाँची सिमेन्ट
Hyundai

कम्पनीका अनुसार रिफर गर्ने ग्राहकले ४ महिना इन्टरनेट + आइपी टिभी र रिफर मार्फत इन्टरनेट जडान गर्ने ग्राहकले २ महिनासम्मको इन्टरनेट + आइपी टिभी बोनस साथै वाइफाइ ६ भएको डुवल ब्याड राउटर समेत निःशुल्क पाउने कम्पनीले बताएको छ।

नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गर्दै ग्राहकहरूको लागि सार्वजानिक गरेको रिफर अफर भने १२५ एमबिपिएसदेखि ३०० एमबिपिएससम्मको १ वर्षको इन्टरनेट + आइपी टिभी जडान गर्दा लागु हुनेछ।

१२५ एमबिपिएस जडान गर्दा प्रति महिना ३०३ रूपैयाँ र २०० एमबिपिएस जडानमा प्रति महिना ५९१ रूपैयाँ लाग्नेछ।आफ्नो आफन्त छर छिमेकी साथीभाइहरूलाई क्लासिक टेक मोबाइल एपबाट सजिलै रिफर गर्न सकिने कम्पनीले बताएको छ। उक्त अफर सीमित अवधिको लागि मात्र रहेको कम्पनीले जनाएको छ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्