Skip to content
Prabhu

सेयर बजार ५० अंकले घट्यो, कारोबार रकम १० अर्ब बढी

काठमाडौं । सेयर बजार कारोबार हुने साताको पहिलो दिन सेयर बजार उच्च अंकले घटेको छ । गत हप्ताको अन्तिम कारोबार दिनमा हरियाली छाएको बजार आज फेरि राताम्य भएको हो ।

आइतबारको कारोबार बन्द हुँदा सेयर बजार परिसूचक ५० दशमलव ७३ अंकले घटेको हो । यो अघिल्लो कारोबार दिनको भन्दा १.८८ प्रतिशतले कम हो । आइतबारको कारोबार बन्द हुँदा सेयर बजार परिसूचक २६३७ दशमलव ७९ विन्दुमा पुगेको छ ।

आज सेयर बजारमा २१९ कम्पनीको सेयर मूल्य घटेको छ भने २४ कम्पनीको सेयर मूल्य मात्रै बढेको छ । त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ७ दशमलव ८१ अंकले घटेर ४६८ दशमलव ६५ विन्दुमा पुगेको छ । आज १३ उपसूचक मध्ये १३ वटैको सेयर मूल्यमा गिरावट आएको छ ।

परिसूचक घटे पनि कारोबार रकममा भने सुधार आएको छ । अघिल्लो कारोबार दिन (बिहीबार) ८ अर्ब भन्दा बढीको कारोबार भएको बजमार आज १० अर्ब भन्दा बढीको कारोबार भएको छ । आज सेयर बजारमा ३२४ कम्पनीका २ करोड ४८ लाख ४६ हजार ७८२ कित्ता सेयर १ लाख १९ हजार ७३९ पटक खरिदी बिक्री भएका छन् । जसबाट सेयर बजारमा १० अर्ब ३३ करोड ९२ लाख ३५ हजार ९५७ रुपैयाँको कारोबार भएको छ ।

आइतबारको कारोबार बन्द हुँदा सेयर बजारमा ४ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै एक कम्पनीको सेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal