Skip to content
Prabhu

सेयर बजार उच्च अंकले घटेको दिन ४ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट

काठमाडौं । आइतबार सेयर बजार उच्च अंकले घटे पनि ४ वटा कम्पनीको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ । आज जम्मा २४ वटा कम्पनीको सेयर मूल्य बढेको दिन ४ कम्पनीको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको हो ।

आजको कारोबार बन्द हुँदा रिभर फल्स पावर लिमिटेड, हिमालयन हाइड्रोपावर लिमिटेड, रावा इनर्जि डेभलपमेन्ट लिमिटेड र इर्स्टन हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आजको कारोबार बन्द हुँदा रिपर फल्स पावरको सेयर मूल्य ४९ रुपैयाँ ५० पैसाले बढेर ५४४ रुपैयाँ ६० पैसा पुगेको छ । यो अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशतले बढी हो ।

त्यस्तै आज हिमालयन हाइड्रोपावर र रावा इनर्जीको सेयर मूल्यमा पनि १० प्रतिशको वृद्धि भएको छ । हिमालयन हाइड्रोको सेयर मूल्य ४२ रुपैयाँ ५० पैसाले बढेर ४६७ रुपैयाँ ५० पैसा र रावा इनर्जिको ६६ रुपैयाँले बढेर ७२६ रुपैयाँमा कारोबार बन्द भएको छ ।

त्यस्तै आज इस्र्टन हाइड्रोको सेयर मूल्य ७४ रुपैयाँ ६० पैसाले बढेर ८२१ रुपैयाँ ५० पैसामा कारोबार बन्द भएको छ । यो अघिल्लो कारोबार दिनको भन्दा ९.९९ प्रतिशतले धेरै हो । आइतबार धेरै कमाउने कम्पनीको शीर्ष पाँच कम्पनीमा परेको तेह्रथुम पावर कम्पनी लिमिटेडको सेयर मूल्य प्रतिकित्ता ३७ रुपैयाँ ९० पैसाले बढेर ४६७ रुपैयाँ पुगेको छ । यो अघिल्लो कारोबार दिनको भन्दा ८.८३ प्रतिशतले धेरै हो ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal