काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा बैंकिङ उपसूचकको सेयर मूल्य १३ दशमलव ८८ अंकले घट्यो । पछिल्लो समय सेयर बजार घटिरहेको अवस्थामा बैंकिङ समूहको सेयर मूल्य पनि घटिरहेको छ । पछिल्लो एक महिनाको अवधिमा बैंकिङ समूहको उपसूचक २१० दशमलव १५ अंकले घटेको छ ।
साउन महिनाको अन्तिम कारोबार दिन ३१ गते बैंकिङ समूहको उपसूचक १६८४ दशमलव ९६ विन्दुमा रहेको थियो । यो समूहको उपसूचक आज (आइतबार) भदौ ३१ गतेको कारोबार बन्द हुँदा १४७४ दशमलव ८१ विन्दुमा झरेको छ । एक महिनाको अवधिमा यो उपसूचकमा २१० दशमलव १५ अंकले गिरावट आएको हो ।
साउन ३१ गतेको कारोबार दिनमा समग्र परिसूचक पनि ३००० दशमलव ८१ विन्दुमा पुगेको थियो । यो समयमा सबै जसो उपसूचकको सेयर मूल्य बढेको थियो । बैंकहरुको सेयर मूल्य पनि ३०० भन्दा माथि पुगेको थियो । तर, एक महिनाको अवधिमा १० वटा वाणिज्य बैंकको सेयर मूल्य ३०० रुपैयाँ भन्दा तल पुगेको छ । ८ वटाको त २५० रुपैयाँभन्दा तल रहेको छ ।
आइतबारको कारोबार बन्द हुँदा सेयर बजारमा कारोबार हुने १९ वाणिज्य बैंकमध्ये सिटिजन्स बैंक, ग्लोबल आइएमई बैंक, हिमालयन बैंक, कुमारी बैंक, लक्ष्मी सनराइज बैंक, माछापुच्छ्रे बैंक, नेपाल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, एनएमबी बैंक र प्राइम कमर्सियल बैंकको सेयर मूल्य ३०० रुपैयाँभन्दा कम छ । त्यसमध्ये नेपाल बैंक र प्राइम बैंक बाहेका अरु बैंकको सेयर मूल्य २५० रुपैयाँभन्दा कम रहेको छ ।
नेप्सेमा सूचीकृत भएका १९ वाणिज्य बैंकमध्ये सबैभन्दा कम सेयर मूल्य भएको बैंक कुमारी हो । दोस्रो बजारमा यो बैंकको सेयर मूल्य प्रतिकित्ता २१६ रुपैयाँ रहेको छ । एक महिनाअघि साउन ३१ गतेको कारोबार बन्द हुँदा यो बैंकको सेयर मूल्य २५६ रुपैयाँ रहेको थियो । भदौ लागेसँगै यो बैंकको सेयर मूल्यमा ४९ रुपैयाँले कमी आएको छ ।
आज (आइतबार) को कारोबार बन्द हुँदा सिटिजन्स बैंकको सेयर मूल्य दोस्रो बजारमा प्रतिकित्ता २३७ रुपैयाँ पुगेको छ । एक महिनाअघि साउन ३१ गते यो बैंकको सेयर मूल्य प्रतिकित्ता २७७ रुपैयाँ ५ पैसा रहेको थियो । एक महिनाको अवधिमा यो बैंकको सेयर मूल्य ४० रुपैयाँ ५ पैसाले घटेको छ ।
आइतबारको कारोबार बन्द हुँदा ग्लोबल आइएमई बैंकको सेयर मूल्य दोस्रो बजारमा प्रतिकित्ता २४० रुपैयाँ पुगेको छ । यो बैंकको सेयर मूल्य साउन ३१ गतेको कारोबार बन्द हुँदा २८३ रुपैयाँ रहेको थियो । भदौ लागेपछि यो बैंकको सेयर मूल्यमा ४३ रुपैयाँले कमी आएको छ । प्रतिकित्ता ३०० रुपैयाँ भन्दा कम मूल्य भएको अर्को बैंकको हो हिमालयन । यो बैंकको सेयर मूल्य दोस्रो बजारमा प्रतिकित्ता २४७ रुपैयाँ रहेको छ । एक महिनाको अवधिमा यो बैैंकको सेयर मूल्यमा ४२ रुपैयाँले कमी आएको छ । साउन ३१ गतको कारोबार दिनमा यो बैंकको सेयर मूल्य २८९ रुपैयाँ रहेको थियो ।
त्यस्तै आजको कारोबार बन्द हुँदा लक्ष्मी सनराइज बैंकको सेयर मूल्य २३७ रुपैयाँ पुगेको छ । यो साउन महिनाको अन्तिम कारोबार भन्दा ४१ रुपैयाँले कम हो । साउन ३१ गते यो बैंकको सेयर मूल्य प्रतिकित्ता २७८ रुपैयाँ रहेको थियो ।
एक महिना अघि ३०० रुपैयाँको हाराहारीमा पुगेका अधिकांश बैंकको सेयर फेरि २५० रुपैयाँ भन्दा तल झरेको छ । भदौ लागेपछि माछापुच्छ्रे बैंकको सेयर मूल्य पनि २३९ रुपैयाँमा झरेको छ । साउन ३१ गतेको कारोबार दिन यो बैंकको सेयर मूल्य २७८ रुपैयाँ रहेको थियो । भदौ लागेसँगै यो बैंकको सेयर मूल्यमा ३९ रुपैयाँको गिरावट आएको छ ।
आइतबारको कारोबार बन्द हुँदा नेपाल बैंकको सेयर मूल्य २७५ रुपैयाँमा सिमित रहेको छ । यो बैंकको सेयर मूल्य साउन महिनाको अन्तिम कारोबार दिन ३०० रुपैयाँ भन्दा माथि थियो । साउन ३१ गते यो बैंकको सेयर मूल्य ३२६ रुपैयाँ रहेको थियो । भदौ महिना लागेपछि यो बैंकको सेयर मूल्य पनि ५१ रुपैयाँले घटेको छ ।
त्यस्तै भदौ महिनालागेसँगै नेपाल इन्भेष्टमेन्ट मेघा बैंकको सेयर मूल्यमा पनि ४२ रुपैयाँले कमी आएको छ । साउन महिनाको अन्तिम कारोबार दिन २७३ रुपैयाँ प्रतिकित्ता रहेको यो बैंकको सेयर मूल्य आज २३१ रुपैयाँमा झरेको छ । त्यस्तै आज ३०० रुपैयाँ भन्दा कम मूल्य भएको अर्को बैंकको एनएमबी । यो बैंकको सेयर मूल्य दोस्रो बजारमा प्रतिकित्ता २४८ रुपैयाँ ५० पैसा पुगेको छ । साउनको अन्तिम कारोबार दिन यो बैंकको सेयर मूल्य २८१ रुपैयाँ २० पैसा रहेको थियो । भदौ लागेसँगै बैंकको सेयर मूल्यमा ३२ रुपैयाँ ७० पैसाको गिरावट आएको छ ।
प्रभु बैंकको सेयर मूल्य आज (आइतबार) को कारोबार बन्द हुँदा २३६ रुपैयाँमा कारोबार बन्द भएको छ । साउनको अन्तिम कारोबार दिन यो बैंकको सेयर मूल्य २७३ रुपैयाँ १ पैसामा कारोबार भएको थियो । भदौ महिना लागेसँगै यो बैंकको सेयर मूल्यमा पनि ३७ रुपैयाँ १ पैसाको गिरावट आएको छ । भदौ महिना लागेसँगै प्राइम कमर्सियल बैंकको सेयर मूल्यमा ४१ रुपैयाँको गिरावट आएको छ । यो बैंकको सेयर मूल्य साउनको अन्तिम कारोबार दिन ३११ रुपैयाँ रहेको थियो । भदौ ३० गते आज यो बैंकको सेयर मूल्य २७० रुपैयाँमा झरेको छ ।
३०० रुपैयाँभन्दा माथि मूल्य भएका बैंकहरुको सेयर मूल्य पनि भदौ लागेसँगै घटीरहेको छ । अहिले सेयर बजारमा सबै भन्दा धेरै सेयर मूल्य भएको वाणिज्य बैंकमा स्टान्र्डर्ड चार्टर्ड बैंक रहेको छ । यो बैंकको सेयर बजार प्रतिकित्ता ६७९ रुपैयाँ रहेको छ । यो बैंकको सेयर मूल्य पनि भदौ महिनालागे पछि ३५ रुपैयाँले घटेको छ । साउन ३१ गते कम्पनीको सेयर मूल्य ७१४ रुपैयाँ रहेको थियो ।
दोस्रो बजारमा धेरै सेयर मूल्य हुने बैंकको दोस्रो नम्बरमा नविल बैंक रहेको छ । यो बैंकको सेयर मूल्य आज प्रतिकित्ता ५७१ रुपैयाँ रहेको छ । भदौ लागेसँगै यो बैंकको सेयर मूल्यमा ८९ रुपैयाँले कमी आएको छ । साउन ३१ गते ६६० रुपैयाँमा कारोबार भएको बैंकको सेयर मूल्य आज ५७१ मा झरेको छ ।
त्यस्तै भदौ लागेसँगै धेरै सेयर मूल्य भएको बैंक एनआईसी एशिया बैंकको सेयर मूल्य पनि ८३ रुपैयाँ १ पैसाले घटेको छ । यो बैंकको सेयर मूल्य साउनको अन्तिम कारोबार दिन ५४५ रुपैयाँ १ पैसा रहेकको थियो । आजको सेयर बजार बन्द हुँदा यो बैंकको सेयर मूल्य ४६२ रुपैयाँ पुगेको छ । ५०० रुपैयाँ भन्दा माथि सेयर मूल्य भएको एभरेष्ट बैंकको सेयर मूल्य पनि भदौ लागेपछि १४ रुपैयाँ ६ पैसाले कमी आएको छ । यो बैंकको साउनको अन्तिम दिन प्रतिकित्ता ७१३ रुपैयाँ ६ पैसा रहेको सेयर मूल्य आज ६९९ रुपैयाँमा कारोबार बन्द भएको छ ।
भदौ महिनामा कृषि विकास बैंकको सेयर मूल्यमा पनि ४० रुपैयाँको कमी आएको छ । यो बैंकको सेयर मूल्य आजको कारोबार बन्द हुँदा ३६० रुपैयाँ रहेको छ । साउनको अन्तिम कारोबार दिन यो बैंकको सेयर मूल्य प्रतिकित्ता ४०० रुपैयाँ रहेको थियो । भदौ महिनाको आजसम्मको कारोबार अवधिमा सानिमा बैंकको सेयर मूल्यमा पनि ५१ रुपैयाँले कमी आएको छ । साउन ३१ गतेको कारोबार बन्द हुँदा ३७६ रुपैयाँ रहेको यो बैंकको सेयर मूल्य आज ३२५ रुपैयाँमा झरेको छ ।
साउन महिनाको भन्दा भदौ महिनाको आजसम्मको अवधिमा नेपाल एसविआई बैंकको सेयर मूल्यमा २५ रुपैयाँको गिरावट आएको छ । साउनको अन्तिम कारोबार दिन ४४९ रुपैयाँ प्रतिकित्ता रहेको बैंकको सेयर मूल्य भदौ महिनाको ३० गतेको कारोबार बन्द हुँदा ४२४ रुपैयाँमा झरेको छ ।
भदौ महिनाको आजसम्मको कारोबार अवधिमा सिद्धार्थ बैंकको सेयर मूल्यमा ३५ रुपैयाँ ९ पैसाले कमी आएको छ । साउनको अन्तिम कारोबार दिन यो बैंकको सेयर मूल्य ३६२ रुपैयाँ २० पैसा थियो भने आज ३२६ रुपैयाँ ३० पैसा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्