Skip to content
Prabhu

एआईको बढ्दो प्रयोगले जलवायुप्रति चिन्ता, ऊर्जाको खपत बढ्दो

यदि तपाईं वातावरणप्रति चिन्तित हुनुहुन्छ भने एआई अर्थात् आर्टिफिसियल इन्टेलिजेन्स प्रयोग गर्न छाडिदिनुहोस् । किनभने जेनेरेटिभ आर्टिफिसियल इन्टेलिजेन्सले परम्परागत सर्च इन्जिनको तुलनामा ३० गुणा बढी ऊर्जा प्रयोग गर्छ ।
सन् २०२४ मा अमेरिकी पत्रिका टाइमले एआईलाई संसारका १०० सबैभन्दा प्रभावशाली व्यक्तिमध्ये एकको रूपमा चिनिएको थियो । रुसी मूलकी क्यानाडेली कम्प्युटर वैज्ञानिक लुसियोनीले केही वर्षदेखि च्याटजीटीपी वा मिडजर्नी जस्ता सफ्टवेयरको प्रयोगमार्फत हुने उत्सर्जनलाई मापन गर्ने प्रयास गरिरहेकी छन् ।
एआई कार्यक्रममा आधारित भाषा मोडेलहरूलाई अर्बौ डाटालाई प्रोसेस गर्न ठूलो कम्प्युटिङ क्षमता चाहिन्छ । जसका लागि शक्तिशाली सर्भरहरू आवश्यक पर्छ । त्यसपछि प्रत्येक प्रयोगकर्ताको प्रश्नको जवाफ दिन पनि ऊर्जा नै खपत हुन्छ ।
जस्तै कुनै देशको राजधानी पत्ता लगाउन सर्च इन्जिनले काम गर्न । एआईले तुरुन्तै नयाँ जानकारी उत्पन्न गर्छन् र यसका लागि उनीहरुले बढी ऊर्जा खपत गरिरहेका हुन्छन् ।
अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीका अनुसार, एआई र क्रिप्टोकरेन्सी क्षेत्रले २०२२ मा संयुक्त रूपमा करिब ४६० टेरावाट घण्टा विद्युत् खपत गरका थिए । जुन यो कुल विश्व उत्पादनको दुई प्रतिशत हो ।
एआईको जलवायु प्रभावबारे शीर्ष अनुसन्धानकर्ताहरूमा पर्ने लुसियोनीले सन्२०२० मा विकासकर्ताहरूलाई कुनै कोड चलाउँदा कार्बन फुटप्रिन्ट मापन गर्नका लागि एउटा उपकरण बनाउन सघाएकी थिइन् । कोडकार्बन नामक यो उपकरण १० लाख पटकभन्दा बढी पटक डाउनलोड भइसकेको छ ।
मानिसहरूलाई जेनेरेटिभ एआईले के गर्न सक्छ र के गर्न सक्दैन भन्ने कुरा र त्यसको लागतमा बारेमा बुझाउन पनि आवश्यक भएको लुसियोनीको भनाइ छ । आफ्नो पछिल्लो अध्ययनमा उनले आर्टिफिसियल इन्टेलिजेन्स प्रयोग गरेर ठूलो मात्रामा ऊर्जा खपत आवश्यक भएको बताएकी छन् ।
Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal