Skip to content
Prabhu

सार्वजनिक  खरिद अनुगमन कार्यालयले यी कम्पनीलाई सोध्यो स्पष्टीकरण

काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न कम्पनीलाई कालोसूचीमा किन नराख्ने  भनी स्पष्टीकरण सोधेको छ । कार्यालयले आज एक सूचना प्रकाशित गरी ती कम्पनीलाई ७ दिनभित्र स्पष्टीकरण दिन भनिएको छ ।
विभिन्न निर्माण व्यवसायी÷आपूर्तिकर्ताहरूलाई कालोसूचीमा राख्न विभिन्न  सार्वजनिक निकायबाट लेखि आएकाले कालोसूचीमा राख्न नपर्ने भए आधार प्रमाणसहित कार्यालयमा लिखित स्पष्टीकरण  पेस गर्न भनिएको हो ।
यसअघि ३० दिनको समय दिइ स्पष्टीकरण सोधिए पनि जवाफ नआएकाले पुनः सात दिनका लागि स्पष्टीकरण सोधिएको हो ।
Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal