Skip to content
Prabhu

संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस

काठमाडौं । संघीय संसद्को चालु अधिवेशन अन्त्यको सिफारिस भएको छ । मन्त्रिपरिषद्को आइतबारको बैठकले अधिवेशन अन्त्यको सिफारिस गरेको हो । संवैधानिक प्रावधानअनुसार अधिवेशन आह्वान र अन्त्य मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट हुने व्यवस्था छ ।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले अधिवेशन अन्त्यको सिफारिस भएको जानकारी दिए। सोमबार राति १२ बजेबाट अधिवेशन अन्त्य हुने छ । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले अवरोध जारी राखेकै बेला अधिवेशन अन्त्यको सिफारिस भएको हो । चालु बजेट अधिवेशन वैशाख २८ गतेबाट प्रारम्भ भएको थियो ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal