Skip to content
Prabhu

काठमाडौंबाट भरतपुर जान लागेको बुद्ध एयरको जहाजमा समस्या, ‘ह्विल लक’ भएपछि ट्याक्सी वेमै रोकियो

काठमाडौं । काठमाडौंबाट भरतपुर जान लागेको बुद्ध एयरको एउटा जहाजमा समस्या भएपछि ट्याक्सी वे मै रोकिएको छ ।

त्यसले गर्दा अन्य उडानहरु पनि प्रभावित भएका छन् । बिहान ७.२० बजे भरतपुर जान लागेको जहाज ट्याक्सी वेमा पुगेको थियो । त्यहाँ ‘ह्विल लक’को समस्या देखिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका जनरल म्यानेजर जगन्नाथ निरौलाले जानकारी दिए ।

उनका अनुसार विमानस्थल सामान्य रुपले सञ्चालन भए पनि उक्त समस्याका कारण केही कठिनाइ भएको बताए । जहाजमा समस्या देखिएपछि जहाजमा रहेका सबै यात्रुलाई ओरालिएको छ । ओरालिएका यात्रुलाई अर्को जहाजमा पठाउन लागिएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal