Skip to content
Prabhu

ललितपुरको हात्तीवनमा भाटभटेनीको ३०औं स्टोर शिलान्यास

काठमाडौं । ललितपुरको हात्तीवनमा भाटभटेनी सुपरमार्केटले आफ्नो ३०औं स्टोरको शुभारम्भका लागि भूमि पूजा सम्पन्न गरेको छ । ललितपुर–१५ स्थित हात्तीवनको क्लासिक चोकमा भाटभटेनीले आफ्नो ३०औं स्टोर सञ्चालनमा ल्याउन लागेको जनाएको छ ।

करिब एक वर्षमा सम्पन्न गरिसक्ने लक्ष्यका साथ स्टोर निर्माणका लागि भूमि पूजा गरिएको अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले जानकारी दिए ।

उनका अनुसार यसअघि पोखरा र चितवनमा २८औँ र २९औँ स्टोर निर्माणका लागि भूमि पूजा सम्पन्न भएको छ । करिब ५ सय युवालाई रोजगारी दिन सकिने गरी स्टोर सञ्चालनमा ल्याउन लागिएको उनले बताए ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal