Skip to content
Prabhu

असोज महिनाका लागि १० वाणिज्य बैंकले ब्याजदर घटाउँदा २ वटाले बढाए, कुन बैंकको ब्याजदर कति ?

काठमाडौं । सञ्चालनमा रहेको वाणिज्य बैंकहरमध्ये १० वटा बैंकले असोज महिनाका लागि ब्याजदर घटाएका छन् । बैंकहरुले सार्वजनिक गरेको असोज महिनाको ब्याजदर अनुसार १० वटाले घटाएका छन् भने २ वटाले बढाएका छन् ।

असोज महिनाका लागि सार्वजनिक भएका नयाँ ब्याजदर अनुसार ८ वटा बैंकको ब्याजदर भने स्थिर नै रहेको छ । भदौ महिनाको तुलनामा एनएमबि बैंक, कुमारी बैंक, प्राइम कमर्सियल बैंक, सानिमा बैंक, नेपाल एसबिआई बैंक, नबिल बैंक, एनआईसी एसिया बैंक, एभरेष्ट बैंक र राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ब्याजदर घटाएका छन् ।

असोज महिनाका लागि कृषि विकास बैंक र नेपाल बैंकले भने ब्याजदर बढाएका छन्् । बाँकी ९ बैंकहरुले भने भदौ महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।

यससँगै बैंकहरुको औसत ब्याजदर पनि घटेको छ । भदौ महिनामा ६.५२ प्रतिशतविन्दु रहेको बैंकहरुको व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर असोजमा ०.१३ प्रतिशतले घटेर ६.३९८ प्रतिशत विन्दुमा झरेको छ ।

बैंकहरुले सार्वजनिक गरेको ब्याजदरअनुसार सानिमा बैंकको ब्याजदर ५.९ प्रतिशत रहेको छ । भदौ महिनामा बैंकले यस्तो ब्याजदर ६.२ प्रतिशत तोकेको थियो । यो अघिल्लो महिनाको भन्दा ०.३० प्रतिशतले कम हो । त्यस्तै भदौको भन्दा असोज महिनामा एभरेष्ट बैंकले ०.१० प्रतिशतले ब्याजदर घटाएको छ ।

भदौ महिनामा योबैंकको ब्याजदर ६.१० प्रतिशत रहेको थियो । असोज महिनामा बैंकको यस्तो ब्याजदर ६ प्रतिशतमा कायम भएको छ । भदौ महिनामा ६.०६ प्रतिशत ब्याज रहेको राष्ट्रिय वाणिज्य बैंकले असोजका लागि ६ प्रतिशत ब्याज कायम गरेको छ ।

त्यस्तै असोज महिनामा ब्याजदर घटाएको अर्को बैंक नेपाल एसबिआई बैंकले पनि ६ प्रतिशत कायम गरेको छ । भदौ महिनामा यो बैंकको ब्याजदर ६.२५ प्रतिशत रहेको थियो । असोज महिनामा कुमारी बैंकको ब्याजदर ६.०१ प्रतिशत कायम गरेको छ । भदौ महिनामा ६.७१ प्रतिशत रहेको थियो । असोज महिनाका लागि सिटिजन्स बैंकले ६.१५ प्रतिशत ब्याजदर कायम गरेको छ । भदौमा यो बैंकको ब्याजदर ६.५ प्रतिशत रहेको थियो ।

असोज महिनामा एनएमबि बैंकको ब्याजदर पनि घटेको छ । यो बैंकले असोज महिनाका लागि ६.५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । भदौ महिनामा यो बैंकको ब्याजदर ७.४१ प्रतिशत रहेको थियो । नविल बैंकले असोज महिनाका लागि ६.७५ प्रतिशत ब्याज तोकेको छ ।

भदौ महिनामा यो बैंकको ब्याजदर ७ प्रतिशत रहेको थियो । असोज महिनाका लागि ब्याजदर घटाएको अर्को बैंकको हो एनआईसी एसिया बैंक । यो बैंकले असोज महिनाका लागि ७.१८ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । भदौ महिनामा यो बैंकको ब्याजदर ७.४१ प्रतिशत रहेको थियो ।

बढेका दुई बैंकमध्ये कृषि विकास बैंकको ब्याजदर ०.०१ प्रतिशतले बढेको छ । भदौ महिनामा ६.०६ प्रतिशत रहेको यो बैंकको ब्याजदर असोज महिनाका लागि ६.०७ प्रतिशत तोकको छ । नेपाल बैंकको ब्याजदर पनि ०.७० प्रतिशतले बढेको छ । यो बैंकको ब्याजदर भदौ महिनामा ५.२५ प्रतिशत रहेको थियो भने असोज महिनामा ५.९५ प्रतिशत पुगेको छ।

असोज महिनामा भदौ महिनाकै ब्याजदर कायम भएका बैंकहरुमा प्रभु बैंकको ६.१ प्रतिशत, ग्लोबल आइएमई बैंकको ६.२५ प्रतिशत, प्राइम कमर्सियल बैंकको ६.२५ प्रतिशत र नेपाल इन्भेष्टमेन्ट मेघा बैंकको ६.५ प्रतिशत रहेको छ । त्यस्तै सिद्धार्थ बैंकको ६.५, लक्ष्मी सनराइजको ६.५, स्टान्र्डर्ड चार्टर्ड बैंकको ७ प्रतिशत, हिमालयन बैंकको ७ र माछापुच्छ्रे बैंकको ७ प्रतिशत रहेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal