Skip to content
Prabhu

मनकामना केबलकार भोलिदेखि सञ्चालनमा आउँदै

गोरखा । गोरखाको मनकामना केबलकार भोलि (असोज १ गते) देखि पुनः सञ्चालनमा आउने भएको छ। असार ३१ गतेदेखि बन्द रहेको केबलकार मर्मत संभार र स्तरोन्नतिपछि भोलिदेखि पुनः सञ्चालनमा आउने भएको हो ।

डिजिटल प्रणाली स्तरोन्नति र मुख्य तारको लट्ठासमेत फेर्ने काम सकिएकाले केबलकार सञ्चालन गर्न लागिएको मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए ।

गोरखाको सहिद लखन गाउँपालिकास्थित प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर जाने दर्शनार्थीलाई सहजताका लागि विसं २०५५ मङ्सिर ८ गतेदेखि केबलकार सञ्चालनमा ल्याइएको थियो।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal