Skip to content
Prabhu

४० सहकारीको ८७ अर्ब अपचलन भएको संसदीय समितिको ठहर

nabil

काठमाडौं । सहकारी ठगीका विषयमा छानबिनका लागि बनेको संसदीय समितिले प्रतिवेदन टुंग्याएको छ । प्रतिवेदनमा देशभरका ४० वटा सहकारीबाट ८७ अर्ब रूपैयाँ अपचलन भएको निष्कर्ष निकालिएको एक सदस्यले जानकारी दिए ।

समितिले साढे तीन महिना लगाएर अध्ययन–अनुसन्धान गरेको हो । आजको वैठकमा प्रतिवेदनलाई अन्तिम रूप दिएर संसदमा बुझाउन लागिएको छ । प्रतिवेदनमा समितिका सबै सदस्यले हस्ताक्षर गरेका छन् । प्रतिवेदनमा १८ वटा परिच्छेदहरु रहेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने संलग्न रहेको गोर्खा मिडियामा सहकारीबाट आएको रकमबारे पनि विस्तृत अध्ययन समितिले गरेको छ । स्रोतका अनुसार सहकारीबाट गोर्खा मिडियामा ६७ करोड रूपैयाँ भित्रिएको थियो । उक्त रकम भित्र्याउन जीवी राईलाई एकल जिम्मेवार ठह¥याइएको छ ।

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal