Skip to content
Prabhu

कुनै पनि हस्तक्षेप स्वीकार नगर्ने स्थापित नीतिलाई संयुक्त राष्ट्रसंघमा उठाउँछु : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले कुनै पनि हस्तक्षेप अस्वीकार गर्ने स्थापित नीतिलाई संयुक्त राष्ट्रसंघमा राख्ने बताएका छन् । संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन जानुअघि प्रतिनिधिसभाको बैठकलाई जानकारी गराउँदै उनले राष्ट्र हितको पक्षमा केन्द्रित भएर आफूले धारणा राख्ने बताएका हुन् ।

‘नेपाल एउटा सार्वभौम स्वतन्त्र, स्वाधीन राष्ट्र हो । यसले आफ्नो राष्ट्रिय गौरवलाई माथि उठाउनेछ । जायज राष्ट्रिय हितमा रहेर रक्षा गर्ने सन्दर्भमा कुनै दल माथि हुँदैन । नेपालले असल छिमेकीको रुपमा छिमेक सम्बन्ध राख्छ । छिमेकीको अहित चिताउँदैन । त्यस्तै व्यवहार छिमेकीले पनि राख्नुपर्छ,’ उनले भने । प्रधानमन्त्री ओलीले आफूले राष्ट्रको चुनौतीमा केन्द्रित भएरमात्रै छलफल गर्ने बताए ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal