Skip to content
Prabhu

८७ मेगावाटको लान्द्रुक मोदी जलविद्युत आयोजनामा ६ वटा बैंकले १२ अर्बभन्दा बढी लगानी गर्ने

काठमाडौं । कास्कीस्थित अन्नपूर्ण गाउँपालिकामा निर्माण हुने ८६.५९ मेगावाटको लान्द्रुक मोदी जलविद्युत आयोजनामा वित्तीय व्यवस्थापन सम्पन्न भएको छ । सिंगटी हाइड्रो इनर्जी लिमिटेडको मुख्य लगानी रहेको आयोजनामा माछापुच्छ्रे बैंकको नेतृत्वमा ६ वटा बैंकले लगानी गर्ने गरी वित्तीय व्यवस्थापन सम्पन्न भएको हो ।

आइतबार आयोजनाको प्रबर्द्धक कम्पनी अन्नपूर्ण विद्युत विकास प्रालिका कार्यकारी अध्यक्ष बटु लामिछाने र माछापुच्छ्रे बैंक लिमिटेडको तर्फबाट बिनितकुमार झाले लगानी सम्झौतामा हस्ताक्षर गर्दै वित्तीय व्यवस्थापन टुंग्याएका हुन् ।

१६ अर्ब ४० करोड लागत अनुमान गरिएको आयोजनामा बैंकहरुले ७५ प्रतिशत अर्थात १२ अर्ब २० करोड लगानी गर्ने छन् भने बाँकी २५ प्रतिशत सिंगटी हाइड्रोसहित प्रबर्धक कम्पनी र अन्य प्रमोटर लगानीकर्ताहरुले व्यवस्थापन गर्ने सिंगटी हाइड्रो इनर्जी लिमिटेडले जनाएको छ ।

आयोजनामा ग्लोबल आइएमई, एभरेष्ट, एसबिआई, कृषि विकास र लुम्बिनी विकास बैंकसमेत सहभागी हुनेछन् । अन्नपूर्ण विद्युत विकास प्रालिद्वारा प्रबद्र्धित लान्द्रुक मोदी जलविद्युत आयोजना कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिकामा पर्छ ।

जलविद्युत विज्ञहरुका अनुसार यो आयोजना विश्वकै तेस्रो हाईहेड प्रोजेक्ट र नेपालको हकमा भने पहिलो अर्थात सबैभन्दा धेरै उचाइ भएको आयोजना हो । सो आयोजनाको हेडवक्र्सदेखि विद्युत गृहसम्मको बास्तविक उचाइ १४ सय १८ मिटर रहेको छ । नेपाली जलविद्युत आयोजनाहरुमा यो लेभलको उचाइ सबैभन्दा धेरै हो ।

नेपाल विद्युत प्राधिकरणसँग यसअघि नै विद्युत खरिद सम्झौता पीपीए भइसकेको यो आयोजनामा आगामी कात्र्तिक महिनाबाट भौतिक निर्माणको काम सुरु हुने प्रबर्द्धक कम्पनी अन्नपूर्ण विद्युत् विकासले जनाएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal