Skip to content
Prabhu

अमेरिकामा अस्तित्व बचाउन टिकटकलाई जम्मा १५ मिनेटको समय

एजेन्सी । जम्मा १५ मिनेट । टिकटकलाई यो हप्ता अमेरिकाको पुनरावेदन अदालतमा प्रतिबन्धविरुद्ध अपिल गर्न जम्मा १५ मिनेट समय प्राप्त हुनेछ । हाल अमेरिकामा टिकटक प्रयोगकर्ताको संख्या १७० मिलियन छ ।
यी १५ मिनेट टिकटकको अमेरिकी अस्तित्वका लागि सबैभन्दा महत्वपूर्ण समय हुन सक्छ । कम्पनीले एउटा यस्तो कानूनको सामना गर्दैछ, जसमा अमेरिकी राष्ट्रपति जो बाइडेनले हस्ताक्षर गरेका छन् । यसको मुख्य प्रावधानहरू जनवरीदेखि लागू हुन सक्ने सम्भावना छ ।
यो कानूनले टिकटकलाई अमेरिकामा प्रतिबन्ध लगाउन सक्छ । कानूनअनुसा यदि टिकटकको माउ कम्पनी बाइटडान्सले अरु कसैलाई टिकटक बिक्री गदैन तब यसको अस्तिस्त्व नै समाप्त  हुनेछ ।
प्रतिबन्धको सम्भावित म्याद नजिक आउँदा टिकटक र बाइटडान्स अदालतमा गएर कानूनलाई स्थगित गराउन वा उक्त प्रावधान असंवैधानिक भएको  घोषणा गर्न माग गर्न सक्छन् ।
सोमबार टिकटकका पक्षधरताले अदालतमा आफ्ना भनाइ कसरी राख्छन् त्यो  महत्वपूर्ण हुने मानिएको छ । तर उनीहरुसँग केही मिनेट मात्रै उपलब्ध हुनेछ । तर यो मामिलामा टिकटक मात्रै एक्लो भने छैन । केही अरुले पनि बाइडेन प्रशासनविरुद्ध मुद्दा दायर गर्दैछन् । उनीहरूको १० मिनेटको प्रस्तुतिकरण हुनेछ । बाइडेन प्रशासन  भने यसका लागि २५ मिनेटको सामय पाउनेछन् ।
Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal