Skip to content
Prabhu

जापान एयरलाइन्सः इन्टरनेशनल टिकट काट्दा आन्तरिक उडानको टिकट फ्रिमा

एजेन्सी । जापान एयरलाइन्सले हालैका दिनमा नयाँ योजना ल्याएको छ । जसमा उक्त कम्पनीले अष्ट्रेलिया, न्यूजील्याण्ड, सिंगापुर, चीन, भारत, र भियतनामका आगन्तुकहरूका लागि जापानभित्रको घरेलू उडानहरू निःशुल्क उपलब्ध गराउने घोषणा गरेको छ ।
एयरलाइन्सले चाँडै थप एशिया–प्रशान्तका देशहरूलाई यो सूचिमा समावेश गर्ने योजना बनाएको छ । जापान एयरलाइन्सले जापानभित्र ६४ वटा विमानस्थलमा १३३ घरेलू उडान गर्दै आएको छ ।
यो प्रस्ताव केवल ती यात्रुहरूलाई लागू हुनेछ जसले आफ्नो अन्तर्राष्ट्रिय उडानसँगै आन्तरिक उडानका लागि पनि टिकट काट्नेछन् । अमेरिका, क्यानाडा र मेक्सिकाका यात्रुहरूका लागि, निःशुल्क घरेलू उडान उपलब्धता केवल तब मात्र हुनेछ जब जापानमा पहिलो स्टेओभर गन्तव्य २४ घण्टाभित्र हुनेछ ।
जापान एयरलाइन्सको प्रेस विज्ञप्ति अनुसार यो पहलले आगन्तुकहरूलाई सहज यात्रा अनुभव प्रदान गर्नेछ । उनीहरूलाई सीमित समयभित्र देशको थप स्थानमा जान पाउनेछन् । उदाहरणका लागि सिंगापुरबाट टोकियो उडान गर्ने यात्रुले निःशुल्क साप्पोरो जान पाउनेछन् ।
Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal