काठमाडौं । सर्वोच्चका वरिष्ठतम न्यायाधीश प्रकाशमानसिंह राउत भावी प्रधान न्यायाधीशमा सिफारिस भएका छन् । सोमबार साँझ बसेको संवैधानिक परिषद्को बैठकले राउतलाई प्रधान न्यायाधीशमा सिफारिस गरेको हो ।
न्यायपरिषद्ले सर्वोच्चमा तीन वर्षभन्दा बढी अनुभव भएका ८ जनाको नाम परिषदमा पठाएको थियो । सोमध्येबाट राउतको नाम सिफारिस भएको प्रतिनिधिसभाका उपसभामुख एवं परिषद् सदस्य इन्दिरा रानाले जानकारी दिइन् । वरिष्ठ अधिवक्ता रहेका राउत २०७३ साउनमा सर्वोच्चको न्यायाधीश नियुक्त भएका थिए। प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले भदौ २० गतेदेखि अवकाश पाउँदै छन् ।
राउतको नाम अब संसदीय सुनुवाइका लागि पत्राचार गरिने छ । संसदीय सुनुवाइबाट अनुमोदन भए राउतले २०८२ चैत १८ गतेसम्म सर्वोच्च अदालतको नेतृत्व गर्नुहुने छ । न्यायपरिषद्ले राउतका अतिरिक्त सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना, कुमार रेग्मी, हरि फुयाल, डा. मनोजकुमार शर्मा, डा. कुमार चुडाल र डा। नहकुल सुवेदीको नाम पठाएको थियो । सर्वोच्चको वरिष्ठतम न्यायाधीशका रूपमा उनको नाम प्रधान न्यायाधीशमा सिफारिस भएको हो ।
प्रतिक्रिया दिनुहोस्