Skip to content

सिटिजन्स बैंकको स्मार्ट हब सञ्चालनमा

nabil bank

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले डिजिटल सेवालाई अझै परिस्कृत गर्ने योजना अनुरुप आफ्नो कर्पोरेट कार्यालयको प्रांगणमा ‘स्मार्ट हब’ सेवा सञ्चालनमा ल्याएको छ । बैंकमा आज आयोजित एक कार्यक्रमका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सो हब सार्वजनिक गरेका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पोखरेलले एकै स्थानबाट जुनसुकै समयमा पनि बिना कुनै झन्झट डिजिटल माध्यमबाट चेक जम्मा गर्ने, नगद जम्मा गर्ने तथा आवश्यक परेको नगद मेसिन बाट प्राप्त गर्ने सुविधाबाट ग्राहकहरु डिजिटल कारोवारमा अभ्यस्त हुनुका साथै समग्र डिजिटल बैंकिङको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे । साथै हाललाई कर्पोरेट कार्यालयबाट सुुरु गरिएको यस्तो सेवा आगामी दिनमा देशका अन्य स्थानहरुबाट समेत सञ्चालन गरिने योजना रहेको कुरासमेत बताए ।

स्मार्ट हबमा राखिएका मेसिनहरु जस्तै चेक जम्मा गर्ने मेसिनबाट ग्राहकहरुले क्लियरिङ चेक डिपोजिट गर्ने, आफ्नो बैंक खाताको विवरण हेर्ने र बैंक खाताको स्टेटमेन्ट प्रिन्ट गर्न मिल्ने सुविधा उपलव्ध छ भने क्यास डिपोजिट मेसिनबाट १ हजार र ५ सय रुपैयाँ दरका नोटहरू जम्मा गर्न मिल्ने सुविधा उपलव्ध छ । डिजिटल बैंकिङ सेवा सिटिजन्स बैंकको सधंै प्राथमिकता रहेको छ र यसैको निरन्तरता स्वरुप बैंकले आश्विन महिनाभर “सिटिजन्स डिजिटल महिना” उत्सव सञ्चालन गर्ने भएको छ ।

यस उत्सवमा फोनपेसँगको सहकार्यमा बैंकले विभिन्न आकर्षक अफरहरु सार्वजनिक गरेको छ । जसमा मोबाइल बैंकिङ प्रयोग गरी हवाई टिकट खरिद गर्ने यात्रुहरूलाई रु ४०० सम्म क्यासब्याक प्राप्त हुने, बडा दशैंमा बैंकको मोबाइल बैंकिङ प्रयोग गरि डिजिटल दक्षिणा दिँदा सो कारोबारमा रु १०० सम्म क्यासब्याक प्राप्त हुनुका साथै चाडपर्वमा गरेको पहिलो मोबाइल बैंकिङ कारोबारमा ग्राहकहरूलाई आकर्षक क्यासब्याक प्राप्त हुनेछ ।

‘दशैंमा चलाउ सिटिजन्स कार्ड’ अभियानमा डेबिट र क्रेडिट कार्डको प्रयोगमा आकर्षक क्यासब्याक अफर प्राप्त हुनुका साथसाथै ‘डिजिटल रेमिटेन्स प्राप्ति अभियान’मा मोबाइल बैंकिङ मार्फत प्राप्त गरिएको रेमिटेन्समा आकर्षक क्यासब्याक प्राप्त हुने लगायत अन्य आकर्षक अफरहरु समावेस गरिएका छन् । यस्ता डिजिटल प्रोत्साहित कारोवार अभियानबाट समग्र बैंकिङ क्षेत्रमा नै डिजिटल बैंकिङको विकास हुने विश्वास बैंकले लिएको छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime