Skip to content
Prabhu

के एलन मस्क बन्लान त विश्वकै पहिलो ट्रिलियनियर ?

एजेन्सी । विश्वभरका अर्बपतिहरुमध्येका एक एलन मस्कको विशाल साम्राज्य छ । उनको साम्राज्यमा विद्युतीय गाडी, सामाजिक सञ्जाल, अन्तरिक्ष रकेटदेखि लिएर सानो मस्तिष्क इम्प्लान्टसम्म समेटिएको छ । र, अहिले उनलाई यही साम्र्राज्यले पहिलो ट्रिलियनियर बनाउन सक्ने अनुमान गरिएको छ ।
मस्कको व्यावसायिक सफलताले उनलाई संसारकै सबैभन्दा प्रभावशालीमात्रै होइन विवादास्पद पनि बनाएको छ । टेस्लाका मालिक मस्क हाल विश्वका सबैभन्दा धनी व्यक्ति हुन् । उनको सम्पत्ति लगभग २५० बिलियन अमेरिकी डलर छ ।
माइलस्टोन इनफर्मा कनेक्ट एकेडेमीले यही गतिमा उनको सम्पत्ति बढिरह्यो भने २०२७ सम्म संसारको पहिलो ट्रिलियनियर बन्न सक्ने प्रक्षेपण गरेको छ । इनफर्माले उल्लेख गरेअनुसार मस्कको सम्पत्ति हरेक वर्ष औसतमा ११० प्रतिशतका दरले बढिरहेको छ ।
यद्यपि, मस्कसँग प्रतिस्पर्धा पनि छ । एआईसँग सम्बन्धित काम गरिरहेका एनभिडियाका कम्प्युटर चिप्सको मेटियोरिक वृद्धिले पनि सन् २०२८ सम्ममा एनभिडियाका सीईओ र सह–संस्थापक जेनसेन हुआङलाई ट्रिलियनियर बनाउन सक्ने अनुमान गरिएको छ । ब्लुमबर्गका अनुसार हुआङको कुल सम्पत्ति १०४ बिलियन अमेरिकी डलर छ । त्यति मात्रै होइन, भारतीय अर्बपति गौतम अडानी पनि सन् २०२८ सम्ममा ट्रिलियनियर बन्न सक्नेछन् ।
तर उनीहरुभन्दा अगाडि मस्क नै  ट्रिलियन–डलरको आँकडा छुने पहिलो व्यक्ति बन्न सक्ने अनुमान गरिएको छ । र, यो टेस्ललाको ठूलो सफलतासँग पनि जोडिनेछ । हाल मस्कद्वारा स्थापित ईभी निर्माता टेस्ला कम्पनी संसारकै सबैभन्दा मूल्यवान अटो कम्पनी बनिसकेको  छ । जसको मूल्य लगभग ७१० बिलियन डलर  छ । यो कोका–कोला, बैंक अफ अमेरिका र विमान निर्माता कम्पनी बोइङको संयुक्त मूल्यभन्दा बढी हो ।
टेस्ला मस्कको सबैभन्दा ठूलो सम्पत्ति हो । उनी कम्पनीको लगभग १३ प्रतिशत हिस्सा स्वामित्व गर्छन् । जसको मूल्य हालको मूल्यमा लगभग ९३ बिलियन डलर रहेको छ । मस्कसँग अर्को ३०३ मिलियन स्टक विकल्प छन् । जुन उनको विवादास्पद मुआब्जा प्याकेजसँग जोडिएको छ । जसलाई एक न्यायाधीशले खारेज गरे पनि सेयरधारकहरूले पुनर्जीवित र स्वीकृत गरेका थिए । यदि टेस्ला सफल रहिरह्यो भने, यसले मस्कको सम्पत्तिलाई १ ट्रिलियन डलरभन्दा माथि पुर्उान सक्छ ।
हाल टेस्लाले विशेष गरी चीनका सस्ता प्रतिस्पर्धीहरूबाट कडा प्रतिस्पर्धा सामना गरिरहेको छ । सन् २०२२ मा कम्पनीको बिक्री कमजोर हुँदा स्टक दुई तिहाइले तल झरेको थियो । त्यति मात्रै होइन कारहरूको सॉफ्टवेयरमा भएको गल्तीका कारण अमेरिकाका सडकहरूमा  गुडिरहेका लगभग सबै गाडीहरू कम्पनीले फिर्ता समेत गरेको थियो ।
ब्लूमबर्गका अनुसार, मस्कसँग स्पेसएक्सको करिब ४२ प्रतिशत हिस्सा छ । जुन निजी कम्पनीको मूल्य जुनमा २१० बिलियन डलर हो । मस्कसँग न्युरालिङ्क पनि छ, जुन मस्तिष्क चिप इम्प्लान्ट स्टार्टअप हो । जसले अपाङ्ग व्यक्तिहरूलाई पुनः चल्नमा मद्दत गर्ने आशा गर्दछ।
मस्कको सम्पत्तिको एक भाग सम्भवतः उनको सबैभन्दा विवादास्पद व्यवसायबाट आउँछ ।   जुन सामाजिक सञ्जाल प्लेटफर्म एक्स हो । मस्कले एक्स (पहिले ट्विटर भनेर चिनिन्थ्यो)लाई सन् २०२२ मा किनेका थिए ।
Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal