Skip to content
Prabhu

साहस ऊर्जाको बोनस सेयर घोषणा

काठमाडौं । साहस ऊर्जा लिमिटेडले सेयरधनीका लागि ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.४२१ प्रतिशत नगद गरी ८.४२१ प्रतिशत लाभांश घोषणा गरेको छ। कम्पनीले शतप्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ।

यो लाभांश आगामी साधारणसभाले पारित गरेपश्चात सेयरधनीले पाउने छन् । लाभांश पारित गर्न कम्पनीले कात्तिक ४ गतेका लागि साधारणसभा बोलाएको छ । असोज १३ गतेका लागि कम्पनीले बुक क्लोजको मिति तय गरेको छ ।

यसैबीच बोनस सेयर जारीपछि कायम चुक्ता पूँजी ३ अर्ब ७८ करोडको १ बराबर १ अनुपातमा हकप्रद सेयर पनि निष्कासन गर्ने भएको छ । बुधबार बजार खुल्नुअघि यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५८३ रुपैयाँ छ ।

साहस ऊर्जाको संस्थापक, स्थानीयबासी र कर्मचारीको सेयरमा असोज १६ गतेपछि लकइन अवधि सकिँदैछ । सो कम्पनीको २ करोड ८२ लाख १० हजार कित्ता सेयरमा लकइन अवधि सकिन लागेको हो ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal