Skip to content
Prabhu

बैंक तथा वित्तीय संस्थाबाट २५ अर्ब खिच्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबार पनि बैंक तथा वित्तीय संस्थाहरूबाट २५ अर्ब रुपैयाँ तरलता खिच्न लागेको छ । बैंक तथा वित्तीय संस्थामा अधिक तरलता थुप्रिएसँगै केन्द्रीय बैंकले उक्त रकम निक्षेप संकलन उपकरणमार्फत खिच्न लागेको हो ।

केन्द्रीय बैंकले आज २१ दिन अवधिको निक्षेप संकलन उपकरण मार्फत तरलता खिच्न लागेको हो । यसका लागि बैंकले आज ३ बजे बोलकबोल गर्नेछ । राष्ट्र बैंकले अन्तर बैंक दर ३ प्रतिशतभन्दा तल जान नदिन नियमित रुपमा तरलता खिच्दै आएको छ ।

केन्द्रीय बैंकले २१ दिनका लागि निक्षेप संकलन उपकरण मार्फत २५ अर्ब तान्न लागेको हो । जसको असोज २३ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal