Skip to content
Prabhu

लाभांश वितरण क्षमता नभएको नेपाल फाइनान्सको सेयर मूल्यमा ४३ प्रतिशतको गिरावट

काठमाडौं । साउन महिनामा सेयर बजार उच्च अंकले बढेको थियो । कारोबार रकम र परिसूचक दुवै बढेको समयमा यो कम्पनीको सेयर मूल्यमा लगातार जसो १० प्रतिशतले वृद्धि भइरहेको थियो ।

साउन महिनाको २८ गतेको कारोबार बन्द हुँदा यो कम्पनीको सेयर मूल्य २ हजार ४१८ रुपैयाँमा कारोबार बन्द भएको थियो । त्यस पछिका दिनमा भने यो कम्पनीको सेयर मूल्यमा लगातार जसो गिरावट आइरहेको छ । भदौ २९ गतेको कारोबार दिनमा यो कम्पनीको सेयर मूल्य घटेर २ हजार १७८ रुपैयाँ पुग्यो ।

यो कम्पनीको सेयर मूल्यमा त्यस पछि निरन्तर ओरालो लागेर भदौ को अन्तिम कारोबार दिन ३१ गते १ हजार ३६० रुपैयाँमा कारोबार बन्द भयो । यो २३ कारोबार दिनमा नेपाल फाइनान्सको सेयर मूल्यमा ४३.७५ प्रतिशतले गिरावट आएको छ । २३ दिनको अवधिमा यो कम्पनीको सेयर मूल्यमा १ हजार ५८ रुपैयाँले कमी आएको छ ।

लगातार रुपमा सकारात्मक सर्किट लागेर कारोबार बन्द भइरहेको त्यो अवस्थाबाट अहिलेको अवस्थामा आउँदा यो कम्पनीमा लगानीकर्ताको आकर्षण कम देखिएको छ । लगातार रुपमा सकारात्मक सर्किट लागेको कम्पनीमा त्यस पछि भने नकारात्मक सर्किट लागेको थियो । आजको कारोबार जारी रहँदा पनि यो कम्पनीको सेयर मूल्यमा ४.७१ प्रतिशत अर्थात ६४ रुपैयाँले घटेर १ हजार २९६ रुपैयाँमा कारोबार भइरहेको छ ।

यो फाइनान्सले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिकको अपरिष्कृत वित्तीय विवरण अनुसार प्रतिसेयर आम्दानी घटेको छ । गत आवमा यो फाइनान्सको यस्तो आम्दानी २ रुपैयाँ ५८ पैसा रहेको छ । त्यस्तै यो फाइनान्सले गत आवको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश वितरण गर्ने सक्ने अवस्था पनि छैन ।

चुक्ता पुँजी ७२ करोड ९९ लाख रहेको नेपाल फाइनान्सको रिर्टेन अर्निङ २० करोडले ऋणात्मक रहेको छ । जसले गर्दा यो फाइनान्सले लाभांश दिन सक्ने अवस्था छैन । नेपाल फाइनान्सले गत आवको अन्तिमसम्ममा १ करोड ८१ लाख १८ हजार रुपैयाँ नाफा कमाएको छ ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal