काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो सातौ वार्षिक साधारणसभाको मिति घोषणा गरेको छ । कम्पनीको भदौ ३१ गते बसेका सञ्चालक समितिको निर्णय अनुसार ७ औँ साधारणसभा असोज २३ गतेका लागि बोलाइएको हो ।
साधारणसभा अनमोल बैंक्वेट, शंखमूल काठमाडौंमा बस्ने भएको छ । सभा बिहान ११ बजे सुरु हुनेछ । कम्पनीले आफ्ना लगानीकर्तालाई वितरण गर्ने १८.३८११ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ता पारित गर्ने भएको छ । सभाले सञ्चालक समितिको तर्फबाट प्रस्तुत हुने आव २०८९/८० को वार्षिक प्रतिवेदनमाथी छलफेल गरी पारित गर्ने भएको छ।
त्यस्तै, साविक रिलायन्स लाइफ र सानिमाको आव २०७९/८० को लेखा परीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह वितरण गर्ने सम्बन्धका प्रस्ताव समेत सभाले पारित गर्ने भएको छ । सभाले गत आर्थिक वर्षको लेखापरिक्षणको लागि लेखापरिक्षक नियुक्त गर्ने र निजको परीश्रम तोक्ने प्रस्ताव पनि पारित गर्ने भएको छ । साथै, सञ्चालकहरुको सुविधा परिमार्जन गर्ने प्रस्ताव पनि सभाले पारित गर्ने छ ।
कम्पनीले साधारणसभा प्रयोजनको लागि असोज ११ गते एक दिनको लागि बुकक्लोज गर्ने भएको छ । तसर्थ असोज १० गतेसम्म कायम सेयरधनीले मात्र प्रस्तावित बोनस र सभामा भाग लिन पाउने छन् ।
प्रतिक्रिया दिनुहोस्