Skip to content
Prabhu

भारतको वाराणसीको लागि बुध्द एयरको तेस्रो उडान थप

काठमाडौं । बुध्द एयरले भारतको वाराणसीको लागि तेस्रो उडान थप गरेको छ । कम्पनीले बुधबार(आज) देखि भारतको वाराणसीका लागि तेस्रो उडान थप गरेको हो ।

यसअघि वाराणसीमा साताको सोमबार र शुक्रबार मात्रै उडान हुने गरेको थियो । साताको तीन उडानले यात्रुलाई आउजाउमा थप सहयोग पुग्ने बुध्द एयरले जनाएको छ । बुध्द एयरको भगनी संस्था बुध्द होलिडेजले वाराणसी, सारनाथ अयोध्यालगायत वरपरका विभिन्न गन्तव्यको होलिडे प्याकेज पनि रहेको छ । यात्रुलाई भारतको गया गई सोह्र श्राद्ध गर्न थप सहयोग पुग्ने विश्वास बुध्द एयरको छ ।

बुध्दका उडानबाट वाराणसी ५० मिनेटमै पुग्न सकिन्छ । काठमाडौंबाट वाराणसी सुुरुवाती एकतर्फी भाडा ११ हजार ३६० रहेको छ । उडान समय काठमाडौंबाट ७ः१५ तथा वाराणसीबाट ८ः३० रहेको कम्पनीले जनाएको छ ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal