Skip to content
Prabhu

बुधबारको सेयर बजारः परिसूचक ४ अंकले घट्दा कारोबार रकम साढे ५ अर्बभन्दा बढी

काठमाडौं । बुधबार पनि सेयर बजार परिसूचक ओरालो लाग्ने क्रमले निरन्तरता पाएको छ । अघिल्लो कारोबार दिन पनि उच्च अंकले घटेको बजार आज सामान्य अंकले घटेर बन्द भएको हो ।

बुधबारको सेयर बजार बन्द हुँदा परिसूचक ४ अंकले घटेर बन्द भएको छ । आजको कारोबार बन्द हुँदा परिसूचक २५७६ दशमलव ७६ विन्दुमा पुगेको छ । आज सेयर बजारमा कारोबार भएका १६३ कम्पनीको सेयर मूल्य घटेको छ भने ७४ कम्पनीको सेयर मूल्य मात्रै बढेको छ । ७ कम्पनीको सेयर मूल्य भने आज स्थिर रहेको छ ।

त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ० दशमलव १९ अंकले घटेर ४५९ दशमलव ९२ विन्दुमा पुगेको छ । आज १३ उपसूचकमध्ये बैंकिङ र निर्जीव बीमा उपसमूह बाहेक सबै उपसूचकको सेयर मूल्य घटेको छ ।

परिसूचकसँगै आज कारोबार रकममा पनि कमी आएको छ । अघिल्लो दिन ७ अर्बभन्दा बढीको कारोबार भएको बजारमा आज साढे ५ अर्बभन्दा केही बढीको कारोबार भएको छ । आज सेयर बजारमा ३२० कम्पनीका १ करोड ३९ लाख ५२ हजार १२१ कित्ता सेयर ८० हजार ३७८ पटक खरिद बिक्री हुँदा ५ अर्ब ६६ करोड ९१ लाख ९४ हजार ९६१ रुपैयाँ बराबरको कारोबार भएको छ ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal