Skip to content
Prabhu

बुधबार धेरै सेयर मूल्य घट्ने ५ कम्पनी, ३ लघुवित्त र २ फाइनान्स

काठमाडौं । बुधबारको सेयर कारोबार बन्द हुँदा तीन लघुवित्त र दुई फाइनान्सको सेयर मूल्य सबैभन्दा धेरैले घटेको छ । आजको कारोबार बन्द हुँदा जनउत्थान लघुवित्त, आत्मनिर्भर लघुवित्त र समाज लघुवित्त तथा गुडविल फाइनान्स र समृद्धि फाइनान्सको सेयर मूल्यमा सबैभन्दा धेरैले गिरावट आएको हो ।

आज सेयर बजारमा जनउत्थान लघुवित्तका सेयरधनीले सबैभन्दा धेरै गुमाएका छन् । यो कम्पनीको सेयर मूल्य अघिल्लो दिनको भन्दा ७.६७ प्रतिशत अर्थात् १३० रुपैयाँले घटेर १ हजार ५६५ रुपैयाँ पुगेको छ ।

त्यस्तै अर्को लघुवित्त आत्मनिर्भरको सेयर मूल्य पनि ६.३६ प्रतिशतले घटेर ५ हजार १५० रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा ३५० रुपैयाँले कम हो । बुधबार समाज लघुवित्तको सेयर मूल्य पनि १९३ रुपैयाँ १० पैसाले घटेर ३ हजार १०० रुपैयाँ ९० पैसा कायम भएको छ । यो अघिल्लो कारोबार भन्दा ५.८६ प्रतिशतले कम हो ।

आज सेयर मूल्य धेरै घटेका दुई फाइनान्स मध्ये गुडविल फाइनान्सको सेयर मूल्य ६४ रुपैयाँले घटेर ८८१ रुपैयाँ कायम भएको छ । यो अघिल्लो कारोबार दिनभन्दा ६.७७ प्रतिशतले कम हो । आजको कारोबार बन्द हुँदा समृद्धि फाइनान्सको सेयर मूल्य पनि ५.९७ प्रतिशत अर्थात ३८ रुपैयाँले घटेर ५९९ रुपैयाँमा पुगेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal