Skip to content

फ्रान्सको आर्थिक अवस्था गम्भीरः प्रधानमन्त्री

nabil bank

फ्रान्सको सार्वजनिक वित्तको ‘वास्तविकता’ मापन गर्न थप जानकारी आवश्यक रहेको भन्दै प्रधानमन्त्री मिचेल बार्नियरले बुधबार फ्रान्सको आर्थिक अवस्था गम्भीर भएको बताएका छन् ।

यस महिनाको सुरुमा बार्नियर सरकारको प्रमुख बन्नु अघि फ्रान्सलाई युरोपेली संघको बजेटीय नियमहरू उल्लंघनको आरोप लागेको थियो । बैंकक अफ फ्रान्सले सन् २०२७ सम्ममा युरोपेली संघको घाटाका नियमहरूमा यर्थाथता नभएको बताएको थियो ।

फ्रान्सको सार्वजनिक क्षेत्रको घाटा यस वर्ष जीडीपीको ५।६ प्रतिशतमा पुग्ने अनुमान गरिएको छ भने सन् २०२५ मा छ प्रतिशत भन्दा बढी पुग्ने अनुमान गरिएको छ ।

फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले संसदीय चुनावको लामो झगडा पछि नियुक्त भएका प्राधानमन्त्री बार्नियरले आर्थिक स्थिरताका लागि कर वृद्धि गर्नु भएको छ भने म्याक्रोनले अस्वीकार गरेका छन् ।

बिग्रिएको आर्थिक अवस्थालाई सुधार गर्न केवल सुन्दर कथनभन्दा बढी जिम्मेवार कारबाही आवश्यक रहेको उनले बताएका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime