Skip to content
Prabhu

मध्यपूर्वमा द्वन्द्व बढ्दो, धमाधम रद्द हुँदै अन्तर्राष्ट्रिय हवाई उडान

मध्य पूर्वमा बढ्दो द्वन्द्वको चिन्ताले धेरै अन्तर्राष्ट्रिय एयरलाइन्सहरूलाई उक्त क्षेत्रतिरका उडानहरू स्थगित भएका छन् । एयर अल्जेरीले लेबनानतर्फ जाने र आउने उडानहरू अर्को सूचना नआउन्जेलसम्म स्थगित गरेको छ ।
एयर फ्रान्सले १९ सेप्टेम्बरसम्म बेरूत र तेल अवीबतर्फका सेवाहरू स्थगित गरेको छ भने केएलएमले २६ अक्टोबरसम्म तेल अवीबतर्फका सबै उडानहरू रद्द गरेको जनाएको छ ।
एयर इन्डियाले पनि तेल अवीबतर्फका निर्धारित उडानहरू अर्को सूचना नआउन्जेलसम्म स्थगित गरेको छ । साथै हङकङस्थित क्याथे प्यासिफिक एयरलाइन्सले २७ मार्च २०२५ सम्म तेल अवीबतर्फका सबै उडानहरू रद्द गरिसकेको छ ।
डेल्टा एयरलाइन्सले पनि न्यूयोर्क र तेल अवीबबीचका उडानहरू ३१ अक्टोबरसम्मका लागि रोकेको छ । ईजीजेटले तेल अवीबतर्फको उडान अप्रिलदेखि बन्द गरेको थियो भने ३० मार्च २०२५ मा पुनः सुरु गर्ने योजना बनाएको छ ।
  आईएजीले पनि तेल अवीबका लागि १२ जनवरी २०२५ सम्म उडान स्थगित गरेको छ । अम्मानतर्फका उडानहरू अर्को सूचना नआउन्जेलसम्म रद्द गरिएका छन् ।
लट पोलिश एयरलाइन्सले पनि लेबनानतर्फका उडानहरू अर्को सूचना नआउन्जेल स्थगित गरेको छ ।  तर तेल अवीबतर्फका उडानहरू नियमित रूपमा सञ्चालन भइरहेको जनाएको छ ।
  लुफ्थान्सा समूहले पनि१७ सेप्टेम्बरमा तेल अवीब र तेहरानतर्फका सबै उडानहरू १९ सेप्टेम्बरसम्मका लागि स्थगित गरेको छ भने बेरूततर्फका उडानहरू ३० सेप्टेम्बरसम्म रोकिएको  उल्लेख गरेको छ ।  स्वीस इन्टरनेशनल एयरलाइन्सले पनि बेरूततर्फका उडानहरू अक्टोबरको अन्त्यसम्म स्थगित गरेको छ ।
  रायन एयरले हालका लागि तेल अवीबतर्फका उडानहरू २६ अक्टोबरसम्मका लागि स्थगित गरेको छ । सन डायरले ब्रेमेन र बेरूतबीचको उडान २३ अक्टोबरसम्मका लागि स्थगित गरिएको छ ।
सन एक्सप्रेसले बेरूततर्फका उडानहरू १७ डिसेम्बरसम्मका लागि स्थगित गरेको छ । युनाइटेड एयरलाइन्सले सुरक्षा कारण देखाउँदै तेल अवीबतर्फका उडानहरू अनिश्चितकालका लागि स्थगित गरिसकेको छ ।
ब्रिटेनले ८ अगस्टदेखि ४ नोभेम्बरसम्म यूके एयरलाइन्सहरूलाई लेबनानी हवाई क्षेत्रमा प्रवेश नगर्न सल्लाह दिएको छ । किनकि त्यहाँ सैन्य गतिविधिबाट उडानहरूमा खतरा हुन सक्ने उल्लेख छ ।
Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal