Skip to content
Prabhu

तीन कम्पनीको साधारण सभा आज, लाभांश र आईपीओ प्रस्ताव सहितका एजेण्डा

काठमाडौं । लाभांश र आइपीओ निष्काशन लगायतका प्रस्तावसहित तीन कम्पनीले आज वार्षिक साधारण सभा गर्दैैछन् । कम्पनीहरुले लाभांश तथा आईपीओ जारी गर्ने प्रस्ताव पारित गर्ने एजेण्डा सहित आज साधारणसभा बोलाएका हुन् ।

आज कुमारी क्यापिटल लिमिटेडको वार्षिक साधारण सभा बस्ने छ । सभा कुमारी बैंक लिमिटेड, टंगाल, कामाडौंमा साँझ ५ बजे सुरु हुनेछ । सभामा कम्पनीले गत आर्थिक वर्षको नाफाबाट १५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । यसका साथै, आर्थिक वर्ष २०८०÷८१ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ ।

त्यस्तै आज गाउँघर उज्यालो साना हाइड्रोपावर कम्पनीको पनि वार्षिक साधारणसभा रहेको छ । यो कम्पनीले आईपीओ निष्कासन गर्ने तयारी गरिरहेको छ । कम्पनीले आईपीओ निष्कासनसहितका विशेष प्रस्ताव पारित गर्न आज ललितपुरको बालकुमारीस्थित केएफसीमा विहान ११ बजेदेखिका लागि सभा बोलाएको छ ।

सभाले कम्पनीको पुँजी वृद्धि गर्ने, कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, प्राथमिकश सेयरको सार्वजनिक निष्कासन गर्ने, लगायतका प्रस्ताव पारित गर्नेछ । आज वार्षिक साधारण सभा रहेको अर्को कम्पनी हो गोरक्ष हाइड्रोपावर लिमिटेड । कम्पनीको साधारण सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्षले प्रगति विवरण प्रस्तुत गर्नेछन् भने आर्थिक वर्ष ०७९/८० र ०८०/८१ को वार्षिक लेखापरीक्षण प्रतिवेदन, अनुसूची सहितको वित्तीय विवरण अनुमोदन गरिनेछ ।

त्यस्तै, आर्थिक वर्ष ०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र पारिश्रमिक तोक्ने, संस्थापक समूहमध्येबाट ३ जना र एक व्यवसायिक विज्ञसहित सञ्चालक चयन गरिने छ । साधारण सभा बत्तिसपुतलीमा रहेको होटल इम्पेरियलमा आयोजना हुने छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal