Skip to content
Prabhu

आजदेखि धरहरा खुला, सर्वसाधारणले निःशुल्क चढ्न पाउने

काठमाडौं । आजबाट धरहरा अस्थायी रुपमा सञ्चालनमा आउने भएको छ । संविधान दिवसका अवसरमा धरहरा अस्थायी रुपमा सञ्चालनमा आउने भएको हो ।

एक दिनमा अब अधिकतम ५ सय सर्वसाधारणले निःशुल्क धरहरा चढ्न पाउने गरी व्यवस्था गरिएको छ। सर्वसाधारणले नवनिर्मित धरहरा निःशुल्क रूपमा चढ्न पाउने छन् । अर्को व्यवस्था नहुन्जेल सर्वसाधारणले निःशुल्क धरहरा चढ्न पाउने सहरी विकास तथा भवन निर्माण विभागले जनाएको छ ।

भदौ २७ गते बसेको मन्त्रिपरिषद् बैठकले असोज ३ गते संविधान दिवसको दिनदेखि धरहरा सञ्चालन गर्ने निर्णय गरेको थियो। २०७२ को भूकम्पमा भत्किएको धरहराको पुनर्निर्माण पछि ९ वर्षपछि अस्थायी रुपमा सञ्चालनमा आउन लागेको हो।

अहिलेका लागि धरहरा चढ्नका लागि कुनै शुल्क नलाग्ने सहरी विकास तथा भवन विभागअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइले जनाएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal