Skip to content
Prabhu

क्याथे प्यासिफिक विमानमा आगलागी इन्धन चुहावटका कारण, रोल्स रोयसले बनाएको थियो इञ्जिन

एजेन्सी । यस महिनाको सुरुतिर क्याथे प्यासिफिक एयरबस ए३५० मा भएको इन्जिन आगलागीको कारण इन्धन चुहावट भएको अनुसन्धानबाट पुष्टि भएको छ । जसले विमानलाई ठूलो क्षति पु¥याउन सक्ने थियो भनेर अध्ययनमा जनाइएको छ ।
हङकङको प्रमुख एयरलाइन्स क्याथे क्यासिफिकले इन्जिन कम्पोनेन्टको असफलताका कारण केही हप्ता अघि एक उडान फर्काउन बाध्य भएपछि केही विमानलाई ग्राउन्ड गर्नुपरेको थियो । ट्रेन्ट एक्डब्ल्युबी ९७ इन्जिन बेलायती इन्जिनियरिङ कम्पनी रोल्स–रोयसले बनाएको थियो ।
हङकङको एयर एक्सिडेन्ट इनभेस्टिगेसन अथोरिटीको प्रारम्भिक रिपोर्टले घटना इन्धनको पाइप फुटेको कारण भएको देखाएको छ, र यसले धेरै अन्य पाइपहरूमा पनि क्षति पु¥याएको जनाइएको छ । रोल्स–रोयस र क्याथे प्यासिफिकले अध्ययनका लागि निरन्तर सहयोग गरिरहेको बताएका छन् ।
यो घटना हङकङबाट जुरिचतर्फको उडानमा उडान भरेको केही समयपछि भएको थियो । चालक दलले ककपिटमा आगलागीको चेतावनी पाएपछि इन्जिन बन्द गरेर आगो निभाउने उपकरण प्रयोग गरेका थिए ।
विमानमा ३४८ जना यात्रु र चालक दल सवार थिए, र विमान सुरक्षित रूपमा हङकङ फर्केर अवतरण गराइएको थियो । तर यस घटनाले क्याथे प्यासिफिकको ए३५० विमानमा प्रयोग गरिएका इन्जिनहरूको सुरक्षासम्बन्धी चिन्ता  बढाएको थियो । त्यसपछि थप १५ वटा विमानमा  समस्या देखिएको थियो ।
क्याथे प्यासिफिकले सन् २०१६ मा पहिलो एयरबस ए३५० विमान प्राप्त गरेको थियो । यो विमान अहिले विश्वभरको लामो दूरीका उडानका लागि धेरै एयरलाइन्सहरूमा महत्वपूर्ण भइसकेको छ । यसको प्रमुख विशेषता भनेको यसको उच्च कार्यक्षमता र कम सञ्चालन खर्च हो ।
Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal